>
मुक्तक १>
कहिले खेल्छिन् आगोमा, कहिले पानीमा>
राखे पनि नबिझाउने मेरो आँखाको नानीमा>
यस्तो असल नारी कहाँ भेटिन्छ र खै अरू,>
जहाँ मैले भेटेको छु मेरो यो जिन्दगानीमा।>
मुक्तक २>
म ज्ञानको वृक्ष बनेर ज्ञानको बीउ छर्न तयार छु,>
बालबालिकाहरूको भविष्य उज्ज्वल गर्न तयार छु।>
जतिसुकै कठिन परिस्थितिलाई पनि सहजै समाधान गर्दै,>
बालबालिकाहरूमा खुसीका रङ्गहरू भर्न तयार छु।>
मकवानपुर>
मुक्तक ३>
खुसीहरूले पनि बसाइँ सारेका छन् आजभोलि,>
समय र भाग्यले मलाई पछि पारेका छन् आजभोलि।>
जतिसुकै परिश्रमी बने पनि धन कमाउन नसक्दा,>
आफन्तहरूले पनि माया मारेका छन् आजभोलि।>
>>
धन्यवाद! निगरानी अनलाइनलाई मेरो रचनालाई स्थान दिनुभएकोमा