>
कार्तिक २४, हेटौंडा >
नेवार समुदायले आज विभिन्न कार्यक्रम गरी नेपाल संवत् ११४७ को नयाँ वर्ष मनाउँदैछन् । नयाँ वर्षको अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा आत्माको पूजा गरी म्हः पूजा पनि गर्दैछन् ।>
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराएर नेपाल संवत् सुरु गराएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत् हो ।>
नेपाल संवतको नयाँ वर्ष काठमाडौं उपत्यकासहित नेवार समुदायको बाहुल्यता रहेका विभिन्न स्थानमा विशेष रूपमा मनाइन्छ । म्हः पूजाले आत्मशुद्धि, आत्मसम्मान र दीर्घायुको कामना गर्ने धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ ।>
यस वर्ष प्रतिपदा तिथि दुई दिन परेकाले केही स्थानमा नेपाल संवत् र म्हः पूजा मनाउने दिनमा भिन्नता देखिएको छ ।>>