मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

समसामयिक २० कार्तिक २०८३, बिहीबार

तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह

Nigarani Online

कार्तिक १९, हेटौंडा 

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहार, नेपाल संवत् ११४७ तथा छठलगायतका पर्व शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा मनाउन जिल्लावासीमा आग्रह गरेको छ।

कार्यालयले विज्ञप्ति जारी गर्दै चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम राख्न, सामाजिक सद्भाव र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न तथा प्रचलित कानुनको पूर्ण पालना गर्न अनुरोध गरेको हो।

प्रशासनले देउसी–भैलोजस्ता सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म मात्र सञ्चालन गर्न, पटका, भुइँचम्पा तथा आतिशबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग, बिक्री वितरण र भण्डारण नगर्न आग्रह गरेको छ। त्यस्तै, जुवातास तथा लङ्गुरबुर्जा खेल्ने, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने र सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने कार्य नगर्न पनि सचेत गराइएको छ।

त्यसैगरी, मैनबत्ती, दियो तथा विद्युतीय उपकरण प्रयोग गर्दा आगलागीबाट जोगिन सावधानी अपनाउन, कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नगर्न तथा प्रतिबन्धित प्लास्टिकजन्य फूलमालाको उत्पादन, बिक्री वितरण र भण्डारण नगर्न प्रशासनले अनुरोध गरेको छ।

शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने गतिविधि भएको वा हुन लागेको जानकारी पाएमा तत्काल नजिकको प्रहरी इकाइ वा प्रहरी कन्ट्रोल रुम १०० मा खबर गर्नसमेत प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार