मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार २७ कार्तिक २०८३, बिहीबार

मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण

Nigarani Online

कार्तिक २६, हेटौंडा 

 भूतपूर्व विद्यार्थी मञ्च, कालिका माध्यमिक विद्यालय, राक्सिराङ–४ को पहलमा आफ्नो मातृ विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलराज थिङ तथा प्रधानाध्यापक सुजन मुक्तानको उपस्थितिमा मञ्चका अध्यक्ष मनोज मुक्तानले विद्यालयलाई स्मार्ट टिभी औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा मञ्चका अध्यक्ष मनोज मुक्तानले मातृ विद्यालयको शैक्षिक विकास र उन्नयनमा पूर्वविद्यार्थीहरूको पनि महत्वपूर्ण भूमिका रहने बताउँदै विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइको वातावरण निर्माण गर्न सहयोग गरिएको जानकारी दिनुभयाे । उनले विद्यालयको समग्र विकासका लागि मञ्चको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त  गर्नुभयो । 

कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक प्रेम मुक्तान, समाजसेवी मदन मुक्तान, मञ्चका सदस्य तथा धुलिखेलमा कार्यरत वि.नि. पासाङ बल, अमृत साइन्स क्याम्पस, त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी विभागका प्राध्यापक सुलभ स्याङ्तान तथा राष्ट्रिय माध्यमिक विद्यालय, देविटारका प्रधानाध्यापक जीवन मुक्तानलगायतको उपस्थिति रहेको थियो।

विद्यालयमा प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई प्रभावकारी बनाउनुका साथै विद्यार्थी संख्या घटदै गइरहेकाे    अवस्थामा  गुणस्तर अभिवृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले टिभी प्रदान गरिएको  मञ्चका अध्यक्ष  मुक्तानले निगरानीसँग बताउनु भयाे । 

प्रतिक्रिया

सम्बन्धित समाचार