मुख्य समाचार
दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग | समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानु जन्मजयन्तीको अवसरमा भानु माविमा कविता वाचन कार्यक्रम आयोजना | कर्रा खोलाको बाढीले १२ चक्के ट्रक बगायो, चालक सकुशल | हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द | मकवानपुर–१ का सांसद प्रकाश गौतम सिंगापुर र इन्डोनेसियामा अध्ययन भ्रमणमा | आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै | जनप्रियमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न | हेटौंडा कपडा उद्योग ब्युँताउने जिम्मा नेपाली सेनालाई | अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा |

स्थानीय समाचार २९ असार २०८३, सोमबार

दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग

Nigarani Online

– नेपाल विद्यार्थी संघ, मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले कक्षा ११ को छात्रवृत्ति  परीक्षा पुनः सञ्चालन गर्नुपरेको अवस्थाबाट उत्पन्न दोहोरो खर्चको जिम्मेवारी सम्बन्धित प्रशासनिक पक्षले वहन गर्नुपर्ने माग गरेको छ।

आइतबार क्याम्पस प्रमुखलाई बुझाइएको ज्ञापनपत्रमा शैक्षिक वर्ष २०८२ को कक्षा ११ को छात्रवृत्ति  परीक्षा सम्पन्न भई नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको अवस्थामा उत्पन्न विवादका कारण पुनः परीक्षा सञ्चालन गर्नुपरेको उल्लेख गरिएको छ।

नेविसंघले उक्त अवस्था क्याम्पस प्रशासनको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण सिर्जना भएको दाबी गर्दै प्रशासनिक त्रुटिका कारण पुनः परीक्षा सञ्चालन गर्दा क्याम्पसमाथि अनावश्यक आर्थिक भार परेको जनाएको छ।

ज्ञापनपत्रमार्फत क्याम्पसको आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्न पुनः परीक्षा सञ्चालनमा भएको दोहोरो खर्चको जिम्मेवारी सम्बन्धित प्रशासनिक कमजोरीसँग जोडिएका पक्षबाट असुलउपर गर्न माग गरिएको छ।

मागको उचित सम्बोधन नभए क्याम्पसको आर्थिक दोहन भएको विषय विद्यार्थी, अभिभावक तथा सरोकारवालामाझ सार्वजनिक गर्दै थप आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी पनि नेविसंघले दिएको छ।

नेपाल विद्यार्थी संघ, मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिका सभापति सागर घिमिरे द्वारा हस्ताक्षरित ज्ञापनपत्र क्याम्पस प्रशासनलाई बुझाइएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार