मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

समसामयिक २५ कार्तिक २०८३, मङ्गलबार

गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै

Nigarani Online

कार्तिक २४, हेटौंडा 

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलीको पूजा गरी गोवर्द्धन पूजा मनाइँदैछ।

यस अवसरमा घरआँगन लिपपोत गरी गाईको गोबरबाट पर्वतको आकृति बनाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको धार्मिक विश्वासका आधारमा यो पर्व मनाइन्छ।

धार्मिक मान्यताअनुसार भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिनुभएको विश्वासमा आज बली राजाको पनि पूजा गरिन्छ। देउसी खेल्दा ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा पनि यसैसँग जोडिएको छ।

त्यस्तै, वर्षभरि कृषि कार्यमा सहयोग पुर्‍याउने गोरुलाई पूजा गरी मीठा परिकार खुवाइन्छ। गोरुलाई भगवान् महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने चलन छ। हली तथा किसानलाई सम्मान गर्दै मीठा परिकार खुवाउने भएकाले आजको दिनलाई हली तिहारका रूपमा पनि मनाइन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार