मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

२९ कार्तिक २०८३, शनिबार

आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै

Nigarani Online

                            ठाठीमाई,बारा तस्विर  बिकेश कुमार गुप्ता 

कातिक २८, हेटाैँडा

मिथिलाञ्चलसहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज दोस्रो दिन खरना विधि गरिँदैछ। चार दिनसम्म मनाइने यस पर्वको दोस्रो दिन व्रतालुहरू दिनभर निराहार उपवास बसेर साँझ खरना विधि सम्पन्न गर्छन्।

खरनाका दिन व्रतालुहरूले बिहान स्नान गरी दिनभर उपवास बस्ने र साँझ सख्खरमा पकाइएको खीर कुलदेवता तथा छठी मातालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। यस विधिलाई मैथिली भाषामा ‘खरना’ भनिन्छ।

यसअघि पर्वको पहिलो दिन हिजो नहाय–खाय विधि सम्पन्न गरिएको थियो। छठ पर्वमा श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिलाई विशेष महत्त्व दिइन्छ।

पर्वको तेस्रो दिन भोलि व्रतालुहरूले जलाशय तथा नदी किनारमा निर्माण गरिएका छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्। त्यसैगरी, चौथो दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।

पछिल्ला वर्षहरूमा छठ पर्व मिथिलाञ्चलमा मात्र सीमित नरही  देशका विभिन्न स्थानमा समेत व्यापक रूपमा मनाउन थालिएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार