मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |
मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

विचार समसामयिक २६ असोज २०८३, सोमबार

चङ्गा, दसैं र संस्कृति

Nigarani Online


धान झुलेको फाँटको माथि आँखाले कैद गर्न नभ्याउने गरी उडिरहेका देखिन्छन  ५०० मिटरको फरकमा पन्ध्र भन्दा बढी रङ्गीन चङ्गाहरू । जो कोही पनि सफा र निर्मल आकाश मुनि कावा खाइरहेका चङ्गा देख्ने बितिकै मनमा विभिन्न सम्झना, भावना र सोचमा डुब्न पुग्छन । कञ्चन आकाशमा चङ्गा  देख्ने बित्तिकै दसैं आएको भान सबैलाई पर्ने र   खुसीले मन चङ्गा जस्तै भएको महसुस गर्छन ।  चङ्गालाई प्रतिकको रुपमा लिएर विभिन्न साहित्यिक विद्यामा कलम चलाइएको छ । चङ्गाको र्धािर्मक, सांस्कृतिक र वातावरणीय महत्व पाइन्छ ।  मलाई चङ्गा उडाउन आनन्द लाग्छ र बिगत ५ बर्षदेखि चङ्गा उडाइरहेको छु  भन्नुहुन्छ हेटौंडाका सुकृत लामिछाने । त्यस्तै अर्का चङ्गा पारखी शिशिर आले मगर पनि यो बर्ष  बिगत १५ दिन देखि निरन्तर चङ्गा उडाइरहेको बताउनुहुन्छ । बालबालिका देखि पाका सम्मको खुला चौर देखि घरको छतमा चङ्गामा रमाइरहेको पाइन्छ । 

काठमाण्डौंमा विशेष गरी नाग पञ्चमी देखि शुरु भइ  हरिबोधनी एकादशी सम्म चङ्गा चैट भनेर चिच्याएको सुनिन्छ ।  नेपालमा राजा गृवाणयुद्वले प्रधानमन्त्री भिमसेन थापाको सहयोगमा तलेजु भबानी मन्दिरबाट  चङ्गा उडाउने गरेको उल्लेख छ । अभिलेख अनुसार चिनमा २०० बिसी बाटनै चङ्गाको शुरुवात भएको उल्लेख छ । काठमाण्डौंको आकाशमा उडेको चङ्गाले उपत्यकाका किसानहरूको बालीलाई पर्याप्त पानी पुगेको इन्द्र भगवानलाई खबर लैजाने विश्वास छ । गोरखापत्रमा १९९५ मा प्रकाशित चङ्गाको उत्पति र विकास लेखमा  इतिहास विद राजेश गौतमले नेपालमा  चङ्गाको शुरुवात बारे लिखित दस्तावेज नभएको र  १९ औं शताब्दीको शुरुवात तिरबाट चङ्गा संस्कृति शुरु  भएको तर्क छ भनी प्रवाश गौतमले द काठमाण्डौं पोष्टमा लेख्नुभएको छ । राणा शासनकालमा चंगा उडाउनका लागि निश्चित सार्वजनिक ठाउँहरू तोकिएका थिए। पुराना मौखिक भनाइहरूको आधारमा, राणा शासकहरूले आफ्ना दरबारवरिपरि कसैले पनि चंगा नउडाउन् भनेर विशेष सावधानी अपनाउँथे। किनकि, प्रेमीहरूले चिठीहरू चङ्गासँग बाँधेर राणा दरबारभित्र रहेर्का नानीहरू’ (राजपरिवारका महिलाहरू) सम्म पु¥याउने गर्दथे।

गौतमका अनुसार, चंगा मुख्यतया छाउनीको चौरमा मात्र उडाउन पाइन्थ्यो। त्यसबाहेक अन्य ठाउँमा वा राणा दरबारनजिक चंगा उडाउने जोकोहीलाई पक्राउ गरिन्थ्यो।

 हेटौंडा ६, चौघडामा बिगत १५ बर्ष देखि  चङ्गा बिक्री गर्दै आउनु भएका बुद्वरत्न मानन्धर का अनुुसार पहिले हेटौंडमा एउटा मात्र चङ्गा पसल भएको र हाल चङ्गा बेच्ने पसलहरू बढेको बताउनुहुन्छ । मानन्धरका अनुसार पहिले कागजको चङ्गा को चलन रहेको र कसैले आफै पनि बनाउने गर्दथे र आजकाल कपडाको पनि पाइन्छ । पहिले तिन धर्के, राते, सेते , पखेटे चङ्गा हुन्थे भने  आलकाल चङ्गाको नाम पनि  पोकोरो , डोरेमन जस्ता आधुनिक छन । उहाँका अनुसार माझा लगाउने चलन चाहिँ अहिले नरहेको तर पसलबाट  चङ्गा किन्ने मानिसमा पहिलेको तुलनामा बढेकै बताउनुहुन्छ ।

चङ्गा पारखीहरू धागोमा माझा लगाएर चङ्गा जुधाउने र अर्काको चङ्गा चेैट बनाउने होडबाजी गर्थे तर आजकाल चङ्गा  जुधाउने र चेैट पार्ने कम भएको पाइन्छ । चङ्गा संस्कृति बचाउन  हाम्रो देशका  विभिन्न  स्थानहरूमा संघसंस्थाहरूले चङ्गा महोत्सव पनि गर्दै आइरहेको पाइन्छ । यस्ता महोत्सबले मनोरञ्जनको साथै संस्कृति संरक्षण, चङ्गा उडाउने कला तथा सिप विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

पहिलेको तुलनामा  चङ्गा उडाउनेमा कमि हुदै गएको छ । बढ्दो शहरीकरणले खाली ठाउँको कमि हुदा चङ्गा उडाउन समस्या भएको बताउछन   चङ्गा  पारखीहरू । बिजुलीको तार तथा अर्काको घरको छतमा  चङ्गा   अड्कने र चैट भएर चङ्गा   लिन जादा बाली माडियो भनेर किसानहरूको गाली खानु परेको कारण र  टिभी तथा मोबाइल जस्ता आधुनिक  साधनमा रुचि बढ्नुले  चङ्गा संस्कृति लोप हुने खतरामा देखिन्छ । स्थानीय स्तर देखि नै  चङ्गा पर्व र प्रतियोगिता गर्न सके  पछिल्लो पुस्ता सम्म चङ्गा चैट नभइ  उडिरहने  छ । 

प्रतिक्रिया

😍😍😍 २८ असोज २०८३, बुधवार

😍😍😍

Bharat Pokhrel २८ असोज २०८३, बुधवार

Ramro article

सुमन पौडेल २६ असोज २०८३, सोमबार

एकदम उत्कृष्ट लेख सर

सम्बन्धित समाचार