मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

समसामयिक २२ कार्तिक २०८३, शनिबार

आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै

Nigarani Online

कार्तिक २१, हेटौंडा 

नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। यमराजको सन्देशवाहकका रूपमा कागलाई मानिने धार्मिक विश्वासअनुसार आज कागलाई पूजा गरी मीठा खानेकुरा खान दिने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष पृथ्वीका खबर पुर्‍याउने भएकाले यसलाई यमदूतका रूपमा लिने गरिन्छ। कागले शुभ समाचार लिएर जाओस् भन्ने कामनासहित बिहानै घरआँगनमा विभिन्न परिकार राखेर कागको पूजा गर्ने चलन छ। घरनजिक काग कराउनुलाई पनि कुनै खबर प्राप्त हुने संकेतका रूपमा लिने परम्परा रहिआएको छ ।

यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको छ। हिजो धनतेरस र यमदीपदान मनाइएको थियो भने आजबाट तिहारका अन्य पर्वहरू क्रमशः मनाइँदैछन्।

तिहारको दोस्रो दिन भोलि कुकुर तिहार, नरक चतुर्दशी तथा लक्ष्मीपूजा मनाइनेछ। त्यसैगरी कात्तिक २३ गते गाईपूजा र २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइने कार्यक्रम छ। सोही दिनदेखि नेपाल संवत् ११४७ को नयाँ वर्षसमेत प्रारम्भ हुनेछ।यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

प्रतिक्रिया