मुख्य समाचार
आरोग्य साहित्यिक यात्राले भीमफेदीमा सिर्जना गर्‍यो नयाँ इतिहास | स्पेन फिफा विश्वकपको उपाधि नजिक | वर्षाका कारण सतर्क रहन मकवानपुर प्रहरीको आग्रह | बाढी–पहिरोका कारण रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट | दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग | समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानु जन्मजयन्तीको अवसरमा भानु माविमा कविता वाचन कार्यक्रम आयोजना | कर्रा खोलाको बाढीले १२ चक्के ट्रक बगायो, चालक सकुशल | हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द | मकवानपुर–१ का सांसद प्रकाश गौतम सिंगापुर र इन्डोनेसियामा अध्ययन भ्रमणमा |

स्थानीय समाचार साहित्य ३० असार २०८३, मङ्गलबार

आरोग्य साहित्यिक यात्राले भीमफेदीमा सिर्जना गर्‍यो नयाँ इतिहास

Nigarani Online

 मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित रमणीय पर्यटकीय गन्तव्य गर्ज क्याम्प, सुपिङमा आयोजित 'आरोग्य साहित्यिक यात्रा–२०८३' सम्पन्न भएको छ। कला, साहित्य र आरोग्यलाई एकै सूत्रमा जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई भिमफेदीको सांस्कृतिक तथा साहित्यिक इतिहासमा एउटा नयाँ अध्यायका रूपमा हेरिएको छ।

सहभागीहरूका अनुसार भिमफेदीमा कला र साहित्यलाई आरोग्यसँग जोडेर यस प्रकृतिको कार्यक्रम सम्भवतः पहिलोपटक आयोजना गरिएको हो। कार्यक्रममा देशका प्रतिष्ठित साहित्यकार, कलाकार, लेखक, निर्देशक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमालाई परिचित गराउन योगदान दिएका लेखक, निर्देशक तथा निर्माता मीन भाम र अविनाश विक्रम शाह, कलाकार खगेन्द्र लामिछाने र सुशील सिटौला, गायिका सोफिया थापा, साहित्यकार नयनराज पाण्डे, नारायण वाग्ले, महेशविक्रम शाह, अर्चना थापा, केशव दाहाल, सुवीन भट्टराई, शोभिता सिंखडा, बाबु त्रिपाठी, प्रभा बराल, रीमा केसी, निराजन भण्डारी, चर्चित पुस्तक ‘तोरकीन’ का सर्जक युवा लेखक तथा पत्रकार क्षितिज समर्पण, शेखर खरेल, सम्झना घिमिरे लगायतको उपस्थिति रहेको थियो।

साहित्य, कला र प्रकृतिको संगम बनेको कार्यक्रममा सहभागीहरूले सिर्जना, संवाद, अनुभव आदानप्रदान तथा आत्मीय भेटघाटमार्फत स्वस्थ र सकारात्मक सामाजिक वातावरण निर्माणमा यस्ता अभियानको महत्त्व औँल्याएका थिए।

कार्यक्रमको संयोजन शोभिता सिंखडाले गरेकी थिइन् भने वरिष्ठ साहित्यकार महेशविक्रम शाह सल्लाहकारका रूपमा रहेका थिए। पर्यटन व्यवसायी देवेन्द्र नेपालले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थिए।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले व्यक्त गरेको विचारले सहभागीहरूलाई विशेष रूपमा प्रभावित बनाएको थियो। उनले, “विषाक्त राजनीति, विषाक्त समय, विषाक्त शासन र विषाक्त होहल्लाबाट केही समय टाढा भएर विषादीमुक्त मानिसहरूको बीचमा असल समय बिताउन पाउनु नै यस यात्राको सार हो,” भन्ने धारणा व्यक्त गरेका थिए।

सहभागीहरूले यस्ता सिर्जनात्मक अभियानले भिमफेदीलाई साहित्यिक तथा सांस्कृतिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार