हेटौंडा, असार ११>
हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको कपडा उद्योगमा सुरक्षा निकायहरुले सम्भावित विपद्को सामना गर्न पूर्वतयारी अभ्यास गरेको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा मध्यपृतना हेड्क्वाटर हेटौंडाको व्यावस्थापनमा सबै सुरक्षा निकाय नेपाली प्रहरी, ससस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, हेटौंडा उपमहानगरपालिका सबै क्षेत्र मिलेर विपद् व्यावस्थापनका लागि संयुक्त कृतिम अभ्यास कार्यक्रम गरेका थिए । कार्यक्रममा अध्यक्षता समेत गर्नु भएका बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिबराज अधिकारीले समाजमा विपद्का कारण हरेक वर्ष समस्या हुँदे आएकाले यसको प्रतिकार्य गर्नका लागि यस्ता अभ्यास महत्वपूर्ण हुने बताए । प्रदेश सरकारले विपद् प्रतिकार्य योजना बनाएको र त्यस अनुसारनै काम भएको उनले बताए । >>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन