मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |
मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

साहित्य २० कार्तिक २०८३, बिहीबार

तिहार मेरो अनुभव

Nigarani Online


                             सुकृत  लामिछाने कक्षा ८ वंशगोपाल मावि, हेटौडा-६

 तिहार हाम्रो देशमा मनाइने एक महत्त्वपूर्ण चाड हो। यसलाई यमपञ्चक पनि भनिन्छ। यो चाड पाँच दिनसम्म मनाइन्छ। यो चाड कात्तिकमा पर्दछ। तिहारलाई दीपावली पनि भनिन्छ। तिहारमा काग, कुकुर, गाई, लक्ष्मी, गोरु र भाइको पूजा गरिन्छ। हिन्दु धर्म अनुसार जनावरलाई देवीदेवताका वाहन, सन्देशवाहक र मानिसका सहयोगीका रूपमा मानिन्छ। तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। कागले शुभ, अशुभ सन्देश ल्याउने विश्वास गरिन्छ। दोस्रो दिन कुकुर तिहार हो। कुकुरलाई यमराजको द्वारपाल मानिन्छ र उसको इमानदारिताको सम्मान स्वरूप पूजा गरिन्छ। तेस्रो र चौथो दिन गाई र गोरुको पूजा गरिन्छ। गाईलाई लक्ष्मीको रूप मानिन्छ। गोरुलाई खेतबारी जोत्न किसानको सहयोगी मानिन्छ।

अन्तिम दिन भाइटीका मनाइन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सेल रोटी, मसला र मिठाई दिन्छन् । दाजुभाइले पनि उपहार दिने गर्छन्। यस पर्वले दाजुबहिनीको सम्बन्ध बलियो बनाउँछ।यसबेला घरआँगन सफा गरिन्छ। सबैको घरमा झिलिमिली बत्ती बालिन्छ । ससाना बालबालिका समूह बनाएर घर घरमा देउसीभैलो खेल्न जान्छन्। यो पर्वले प्रेम, श्रद्धा र सामाजिक एकता बढाउँछ । विद्यालय तथा कार्यालय बिदा हुन्छ। बालबालिका पिङ खेल्छन् ।

गएको वर्षको तिहारमा मैले घरपरिवार र साथीसँग रमाइलो गरें। म काग तिहारको दिन जन्मेका कारण सधैं तिहारको बेला बिदा पर्छ। मलाई सानैदेखि देउसीभैलो खेल्न रमाइलो लाग्छ ।

 

पोहोर साल पनि म गाउँका साथीसँग देउसीभैलो खेल्न गएँ। हामी तिहार आउनु १०/१५ दिनअघिदेखि नै विद्यालयमा देउसीभैलो जाने विषयमा छलफल सुरु गर्ने गरेका छौं। कहिले कुन साथीलाई देउसीमा लैजाने कसलाई नलैजाने भन्नेमा बोलचालै बन्द हुन्थ्यो। झगडा पनि पथ्यों। कसले भट्याउने, को नाच्ने भन्नेमा पनि छलफल गथ्यौँ। बाबाममीले खाना खाएर मात्र देउसी खेल्न जानु भन्नुहुन्थ्यो तर म उहाँहरूको कुरा नसुनी अटेर गरेर जान्थे। कुनै घरको घरबेटीले दक्षिणा नदिए ढोकामा पटाका पड्काइदिन्थ्यौँ । देउसीभैलो राति १० बजेभन्दा पछि खेल्न पाइँदैन थियो तर भैलोमा राति १० बजेपछि हामी घर फकिदै गर्दा प्रहरी अ‌ङ्कलले हाम्रो समूहलाई रोकेर पटाका छ तिमीहरूसँग भनेर सोध्नुभयो। म त डरले थुरुरु भएँ किनकि मेरो बगलीमा चार वटा पटाका बाँकी थिए। धन्य, प्रहरी अङ्कलले खानतलासी गर्नु भएन। मलाई पटाका नभए तिहार जस्तै लाग्दैन । भट्याउनेलाई पैसा बढी दिने सहमति राख्थ्यौँ। जम्मा भएको पैसाले विद्यालय खुल्नुअघि नै वनभोज खान गएका थियौं।

मुना मासिक बालपत्रिका २०८२ कातिक अङ्कमा  प्रकाशित

तिहार मेरो अनुभव 10 सुक्त लामिछाने कक्षाः ७, सुनगाभा शिक्षा निकेतन हेटौंडा-६, चौघडा, मकवानपुर ति हार हाम्रो देशमा मनाइने एक महत्त्वपूर्ण चाड हो। यसलाई यमपञ्चक पनि भनिन्छ। यो हो। चाड पाँच दिनसम्म मनाइन्छ। यो चाड कात्तिकमा पर्दछ । तिहारलाई दीपावली पनि भनिन्छ । तिहारमा काग, कुकुर, गाई, लक्ष्मी, गोरु र भाइको पूजा गरिन्छ। हिन्दु धर्म अनुसार जनावरलाई देवीदेवताका वाहन, सन्देशवाहक र मानिसका सहयोगीका रूपमा मानिन्छ । तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। कागले शुभ, अशुभ सन्देश ल्याउने विश्वास गरिन्छ। दोस्रो दिन कुकुर तिहार हो। कुकुरलाई यमराजको द्वारपाल मानिन्छ र उसको इमानदारिताको सम्मान स्वरूप पूजा गरिन्छ । तेस्रो र चौथो दिन गाई र गोरुको पूजा गरिन्छ। गाईलाई लक्ष्मीको रूप मानिन्छ। गोरुलाई खेतबारी जोत्न किसानको सहयोगी मानिन्छ। अन्तिम दिन भाइटीका मनाइन्छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई सेल रोटी, मसला र मिठाई दिन्छन् । दाजुभाइले पनि उपहार दिने गर्छन्। यस पर्वले दाजुबहिनीको सम्बन्ध बलियो बनाउँछ। यसबेला घरआँगन सफा गरिन्छ। सबैको घरमा झिलिमिली बत्ती बालिन्छ । ससाना बालबालिका समूह बनाएर घर घरमा देउसीभैलो खेल्न जान्छन् । यो पर्वले ८ प्रेम, श्रद्धा र सामाजिक एकता बढाउँछ । विद्यालय तथा कार्यालय बिदा हुन्छ । बालवालिका पिङ खेल्छन् । गएको वर्षको तिहारमा मैले घरपरिवार र साथीसँग रमाइलो गरेँ। म काग तिहारको दिन जन्मेका कारण सधैं तिहारको बेला बिदा पर्छ। मलाई सानैदेखि देउसीभैलो खेल्न रमाइलो लाग्छ । पोहोर साल पनि म गाउँका साथीसँग देउसीभैलो खेल्न गएँ। हामी तिहार आउनु १०/१५ दिनअघिदेखि नै विद्यालयमा देउसीभैलो जाने विषयमा छलफल सुरु गर्ने गरेका छौं। कहिले कुन साथीलाई देउसीमा लैजाने कसलाई नलैजाने भन्नेमा बोलचालै बन्द हुन्थ्यो । झगडा पनि पर्थ्यो। कसले भट्याउने, को नाच्ने भन्नेमा पनि छलफल गर्थ्यो। बाबाममीले खाना खाएर मात्र देउसी खेल्न जानु भन्नुहुन्थ्यो तर म उहाँहरूको कुरा नसुनी अटेर गरेर जान्थे । कुनै घरको घरबेटीले दक्षिणा नदिए ढोकामा पटाका पड्‌काइदिन्थ्यौँ । देउसीभैलो राति १० बजेभन्दा पछि खेल्न पाइँदैन थियो तर भैलोमा राति १० बजेपछि हामी घर फकिदै गर्दा प्रहरी अ‌ङ्कलले हाम्रो समूहलाई रोकेर पटाका छ तिमीहरूसँग भनेर सोध्नुभयो। म त डरले थुरुरु भएँ किनकि मेरो बगलीमा चार वटा पटाका बाँकी थिए। धन्य, प्रहरी अङ्कलले खानतलासी गर्नु भएन। मलाई पटाका नभए तिहार जस्तै लाग्दैन । भट्याउनेलाई पैसा बढी दिने सहमति राख्थ्यौँ। जम्मा भएको पैसाले विद्यालय खुल्नुअघि नै वनभोज खान गएका थियौँ। २०८२ कात्तिक मुना/३५ वर्ष

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार