>
भाद्र ३१, हेटौंडा>
बागमती विश्वविद्यालय अन्तर्गत बीएड प्रथम सेमेस्टरमा अध्यापन हुने फङ्सनल कम्युनिकेशन पुस्तक बुधबार हेटौंडामा सार्वजनिक गरिएको छ।>
कार्यक्रम हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरको अध्यक्षता तथा बागमती विश्वविद्यालयका रजिस्ट्रार डा. कुसुम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । >
विवस थापा र सरोज लामिछानेद्वारा लिखित उक्त पुस्तक बागमती विश्वविद्यालयको पाठ्यक्रमअनुसार तयार गरिएको हो । >
कार्यक्रममा प्रमुख अतिथि सुवेदीले लेखकहरूले मेहनतपूर्वक विद्यार्थीका लागि उपयोगी सिकाइ सामग्री तयार गरेको भन्दै लेखन कार्यलाई निरन्तरता दिन प्रोत्साहित गर्नुभयो। उहाँले यो पुस्तक विश्वविद्यालयको पहिलो पुस्तक भएको र पाठ्यक्रममा आधारित गुणस्तरीय सामग्रीेले विद्यार्थीको सिकाइमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।>
क्याम्पस प्रमुख मानन्धरले लेखन कार्यलाई पवित्र तथा प्राज्ञिक कर्मका रूपमा उल्लेख गर्दै लेखकद्वयको प्रयासको प्रशंसा गर्नुभयो। उहाँले यस्ता शैक्षिक सामग्रीले विद्यार्थी तथा शिक्षक दुवैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट बोल्दै प्रथम सेमेष्टरमा अध्ययनरत छात्रा अन्जली रेग्मीले यो पुस्तक विद्यार्थीहरुको सिकाइ मा महत्वपूर्ण हुने बताउनु भयो >
पुस्तक विद्यार्थीलाई विषयवस्तुको तयारी गर्न सहज हुने र शिक्षकका लागि समेत उपयोगी सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सकिने लेखक विवस थापाले बताउनुभयो।>
प्रसिद्धि बुक हाउसद्वारा प्रकाशित पुस्तकको मूल्य रु. १९५ निर्धारण गरिएको छ। हेटौंडा क्याम्पसको सभाहलमा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू दिपेन्द्र ढकाल र सुशिल पौडेल तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।>
>>
असाध्यै राम्रो !! हार्दिक बधाई सरहरुलाई!!