मुख्य समाचार
मनहरी ३ का टोल विकास संस्थालाई चप्पल बनाउने मेसिन | मकवानपुरका औषधि व्यवसायीबीच अन्तरक्रिया, व्यवसाय सञ्चालनका चुनौतीबारे छलफल | बागमती प्रदेश सरकारले सुरक्षा निकायहरूलाई अत्याधुनिक उद्धार सामग्री हस्तान्तरण | सार्वजनिक यातायातका समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ | सरकारी अस्पतालमा ट्रमा सेवा विस्तार गर्न प्रदेश सरकारको प्रतिबद्धता | वंशगोपाल माविमा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न | स्पेन र बेल्जियमबिच दाेस्राे क्वार्टरफाइनलमा आज भिडन्त हुँदै | सरकारको नीतिप्रति यातायात व्यवसायीहरूकाे असन्तुष्टि | सडक मानवमुक्त बागमती: घोषणाको उत्साह, दिगोपनको चुनौती | जुनियर सिजन वान' को फाइनल राउन्डमा प्रगति माविकी छात्रा अप्सना थिङ |

राष्ट्रिय समाचार बागमती प्रदेश २७ असार २०८३, शनिबार

मकवानपुरका औषधि व्यवसायीबीच अन्तरक्रिया, व्यवसाय सञ्चालनका चुनौतीबारे छलफल

Nigarani Online

नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जिल्लाका औषधि व्यवसायीहरूसँग व्यवसाय सञ्चालनका समसामयिक विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट औषधि पसल सञ्चालन तथा बन्द गराउने विषयमा भइरहेका गतिविधिबारे विशेष छलफल भएको थियो । सहभागी व्यवसायीहरूले कानुनी प्रक्रिया, नियमन र व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठले विभिन्न कारण देखाएर औषधि पसल बन्द गराउने अवस्था सिर्जना भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे । मकवानपुरमा करिब एक सय ३० औषधि व्यवसायी रहेको उल्लेख गर्दै उनले सबै व्यवसायीलाई प्रचलित कानुन र मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे । कार्यक्रमकै अवसरमा नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष विष्णु थापाले सञ्चारिका समूह मकवानपुरलाई एक सय थान सेनेटरी प्याड हस्तान्तरण गरेका थिए ।

अन्तरक्रियामा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका सचिव बिनोद लामिछानेसहित जिल्लाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले औषधि व्यवसायलाई व्यवस्थित, मर्यादित र कानुनसम्मत बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार