मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

राष्ट्रिय समाचार ६ असोज २०८३, मङ्गलबार

भारी वर्षाको सम्भावना, सतर्क रहन बागमती सरकारको आग्रह

Nigarani Online

असोज ६, हेटौंडा

 बागमती प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन प्रदेश सरकारले आग्रह गरेको छ।

आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले सूचना जारी गर्दै नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिम रहेको जनाएको छ। यसबाट सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जोखिमयुक्त नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भूभाग र डुबान सम्भावित क्षेत्रमा विशेष सावधानी अपनाउन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा बाहेक रातिको समयमा यात्रा नगर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन पनि अनुरोध गरिएको छ।

त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र खाद्यान्न, औषधि तथा महत्वपूर्ण कागजात सुरक्षित राख्न मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार