हेटौंडा–१२, पान्तलेस्थित आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. २०८२/०८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ।>
सहकारी विभागको निर्देशनअनुसार संस्थाले मिति २०८३ असार ३२ गतेसम्मको आर्थिक विवरण तयार गरी सबै शेयर सदस्यलाई जानकारी गराएको हो।>
सहकारीको विवरणअनुसार संस्थामा हाल १७०३ जना कुल शेयर सदस्य र ५९३ जना ऋणी सदस्य रहेका छन्।>
आर्थिक अवस्थातर्फ संस्थाको शेयर पूँजी रु. ८२ लाख ६० हजार, जगेडा कोष रु. ३६ लाख १० हजार ४०५ र कुल संस्थागत पूँजी रु. ३७ लाख ९४ हजार ४१९ रहेको छ।>
संस्थामा कुल बचत रु. ५ करोड ७९ लाख ८ हजार ७६९ संकलन भएको छ भने सदस्यहरूलाई *लगानीमा रहेको ऋण रु. ५ करोड ५९ लाख १० हजार ६५ रहेको छ।>
सहकारीको कुल सम्पत्ति रु. ८ करोड २ लाख ६५ हजार १५ र तरलता प्रतिशत ३७.६२ प्रतिशत रहेको संस्थाका व्यवस्थापक गिता कुमारी पौडेलले जानकारी दिनुभयो।>
सहकारी ऐन २०७४ बमोजिम सञ्चालित यस संस्थाले पारदर्शिता कायम गर्न र सदस्यहरूलाई आर्थिक अवस्थाबारे जानकारी दिन नियमित रूपमा विवरण सार्वजनिक गर्ने गरेको छ।>
>
>>