मुख्य समाचार
व्यवसाय दर्ता तथा नवीकरण गर्न बागमती गाउँपालिकाको आग्रह | हेटौँडा क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न | प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी १ दिने कार्यक्रम हुने | त्रिवेणीधाममा चातुर्मास व्रत तथा विष्णुपुराण पाठ सुरु | जनगुनासो सुन्दै वडास्तरमा पुगे सांसद प्रकाश गौतम | हेटौँडामा भक्ति सङ्गीत तथा भजन कीर्तन कार्यक्रम १६औँ शृङ्खलामा | भानु जयन्ती कृषा थापा | हेटौंडामा जग्गाधनी दर्ता प्रमाणपूर्जामा भूउपयोग क्षेत्रको व्यहोरा अद्यावधिक हुने | श्रावण ९ र १० गतेको बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने | हेटौंडाका मासु व्यवसायीलाई प्रशासनको कडा निर्देशन |

व्यवसाय दर्ता तथा नवीकरण गर्न बागमती गाउँपालिकाको आग्रह

Nigarani Online

मकवानपुरको बागमती गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै व्यापार, व्यवसाय, उद्योग, प्राइभेट फर्म, होटल तथा पसललगायतका व्यवसाय अनिवार्य रूपमा दर्ता तथा वार्षिक नवीकरण गर्न सूचना जारी गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि व्यवसाय दर्ता र नवीकरणको प्रक्रिया समयमै पूरा गर्न सम्बन्धित सबै व्यवसायीलाई आग्रह गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीद्वारा हस्ताक्षरित सूचनाअनुसार हालसम्म दर्ता नभएका व्यवसायले पनि आवश्यक कागजातसहित चालु आर्थिक वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरिसक्नुपर्ने उल्लेख छ। साथै, तोकिएको समयभित्र दर्ता वा नवीकरण नगरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ। 

सूचनामा नयाँ व्यवसाय दर्ताका लागि निवेदन, वडा कार्यालयको सिफारिस, नागरिकता, जग्गा वा घरबहालसम्बन्धी कागजात, कर तिरेको रसिद, पासपोर्ट साइजका फोटो लगायत आवश्यक कागजात पेश गर्नुपर्ने उल्लेख गरिएको छ। यस्तै, नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल, अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाण, प्यान (PAN) को प्रतिलिपि तथा नागरिकताको प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ। 

गाउँपालिकाले पूर्ण रूपमा बन्द भइसकेका व्यवसायको हकमा समेत असोज मसान्तभित्र नियमानुसार व्यवसाय बन्द (लगत कट्टा) गराउन निवेदन दिन आग्रह गर्दै अन्यथा करको दायित्व कायम रहने जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार