नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले पार्टी सदस्य नवीकरण अभियानलाई प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन पालिकास्तरीय आईटी प्रतिनिधिहरूका लागि प्राविधिक कक्षा सञ्चालन गरेको छ।>
पार्टीको सदस्यता नवीकरण प्रक्रियामा अनलाइन प्रणालीको प्रभावकारी प्रयोग सुनिश्चित गर्ने उद्देश्यले आयोजित प्रशिक्षणमा जिल्लाका विभिन्न पालिकाका आईटी प्रतिनिधिहरूको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा सदस्यता नवीकरण प्रणाली, तथ्याङ्क प्रविष्टि, अभिलेख व्यवस्थापन तथा प्राविधिक समस्याको समाधानका विषयमा सहजीकरण गरिएको थियो।>
नेकपा मकवानपुरले प्रविधिको प्रयोगमार्फत पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने लक्ष्यअनुसार प्रशिक्षण सञ्चालन गरिएको जनाएको छ। सहभागीहरूले प्रशिक्षणबाट सदस्यता नवीकरण कार्यलाई छिटो, सहज र त्रुटिरहित बनाउन आवश्यक ज्ञान तथा सीप प्राप्त भएको बताएका छन्।>
जिल्ला कमिटीले प्रशिक्षणपछि सबै पालिकामा सदस्य नवीकरण अभियानलाई तीव्र रूपमा अघि बढाइने जनाएको छ।>>