नेपाल विद्यालय कर्मचारी परिषद्, बागमती प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशनबाट दीपक खतीवडा अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।>
काठमाडौं–२९, डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा सोमबार सम्पन्न अधिवेशनको पहिलो सत्रमा सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो। दोस्रो सत्रले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।>
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मकवानपुरका कृष्णबहादुर मानन्धर, सचिवमा रसुवाका सूर्यबहादुर तामाङ, सहसचिवमा काठमाडौंकी सावित्री धिताल, कोषाध्यक्षमा काठमाडौंका रविनराज अर्याल र निबर्तमान अध्यक्ष काठमाडौंका रामशरण फुयाल चयन भएका छन्।>
>
बागमती प्रदेशका १३ जिल्लाबाट ४५ जनाको सहभागिता रहेको अधिवेशनमा परिषद्का केन्द्रीय उपाध्यक्षमा प्रदिप श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा परिषद्का केन्द्रीय सदस्यहरू तथा शिक्षक महासंघ र शिक्षक संगठनका केन्द्रीय सदस्यहरूको विशेष आतिथ्यता रहेको थियो।>>