साउन २, हेटौंडा >
मकवानपुरको बागमती गाउँपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण ६० दिनभित्र अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। >
गाउँ कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार भ्रष्टाचार निवारण ऐन २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम साउन १ देखि भदौ १० गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा विवरण बुझाउनुपर्नेछ। प्रधानाध्यापकमार्फत विवरण संकलन गरी पठाउनुपर्नेछ भने स्थायी शिक्षकले राष्ट्रिय किताबखाना (शिक्षक) र अस्थायी शिक्षकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विवरण पठाउनुपर्ने व्यवस्था छ। तोकिएको ढाँचा, समय र प्रक्रिया नपुर्याएको विवरण मान्य नहुने गाउँपालिकाले जनाएको छ।>>