- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन्।>
प्रहरीका अनुसार मृतक मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी *आसमान गोपाली* हुन्। घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको थियो।>
प्रारम्भिक अनुसन्धानमा घटनापछि मृतकसँगै रहेकी एक महिला फरार भएको खुलेको छ। उनको खोजीका लागि प्रहरीले तीव्र रूपमा काम गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।>
घटनाको कारण र प्रकृतिबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ।>>