रसुवा, नुवाकोट र धादिङ जिल्लामा भदौ १० गते आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्न हेटौंडा उपमहानगरपालिका–९ का टोल विकास संस्थाहरूले आर्थिक रकम संकलन गर्ने भएका छन्।>
प्राकृतिक विपत्तिका कारण ठूलो धनजनको क्षति भएको विषम परिस्थितिमा विपद्पीडितलाई सहयोग गर्ने उद्देश्यले वडा कार्यालयमा बसेको बैठकले वडाभित्र रहेका सबै टोल विकास संस्थाले आर्थिक रकम संकलन गरी एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।>
हेटौंडा–९ का वडा अध्यक्ष सुकर्म केसीले सबै टोल विकास संस्थालाई निर्णयअनुसार राहत रकम संकलन गरी सहयोग गर्न आग्रह गरेका छन्। वडा कार्यालयले विपद्को यस कठिन समयमा सबै मिलेर प्रभावित परिवारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ।>
वडा कार्यालयले टोल विकास संस्थाहरूलाई राहत रकम संकलन तथा सहयोग अभियानमा सक्रिय सहभागिता जनाउन अनुरोध गरेको छ।>>