मुख्य समाचार
थाहा नगरको धाराको पानी सुरक्षित, गुणस्तर परीक्षणमा सबै मापदण्ड पूरा | जिल्ला स्तरीय फुल्कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न . | समाजशास्त्रका विद्यार्थीका लागि शोधप्रस्ताव लेखन कार्यशाला | सोस्टाद्धारा सामाजिक अध्ययन शिक्षक सम्मानित | नेक्ससको नजरबाट हेर्दा : एआईले बदलिदै गरेको शिक्षण | बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक बहुमतले पारित | नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चेपाङ समुदाय | चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण | समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा | ज्येष्ठ नागरिक मञ्च नगर अध्यक्षमा रामबहादुर नेपाली चयन |
मुख्य समाचार
थाहा नगरको धाराको पानी सुरक्षित, गुणस्तर परीक्षणमा सबै मापदण्ड पूरा | जिल्ला स्तरीय फुल्कन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न . | समाजशास्त्रका विद्यार्थीका लागि शोधप्रस्ताव लेखन कार्यशाला | सोस्टाद्धारा सामाजिक अध्ययन शिक्षक सम्मानित | नेक्ससको नजरबाट हेर्दा : एआईले बदलिदै गरेको शिक्षण | बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक बहुमतले पारित | नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चेपाङ समुदाय | चौघडाका ८१ किसानलाई अनुदानमा कृषि उपकरण वितरण | समावेशी सहभागिताबिना समृद्धि सम्भव छैन ; प्रदेश प्रमुख देवकोटा | ज्येष्ठ नागरिक मञ्च नगर अध्यक्षमा रामबहादुर नेपाली चयन |

थाहा नगरको धाराको पानी सुरक्षित, गुणस्तर परीक्षणमा सबै मापदण्ड पूरा

Nigarani Online

असार २३, हेटाैंडा

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको पानीमा शुद्धता रहेको पाइएको छ । वर्षासँगै खानीपानीमा हुनसक्ने संभावित संक्रमणको जाँच गर्न गरिएको पानीको गुणस्तर परीक्षणको नतिजामा शुद्धता पाइएको हो ।

थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डले व्यवस्थापन गर्दै आएको विभिन्न १४ वटा मूलको र ति मूल मार्फत धारामा झरेको पानीको नमुना परीक्षण गरेको थियो । परीक्षण अनुसार मूलमा जुन शुद्धता छ, सोही गुणस्तरको पानी धारामा पाइएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको प्रयोगशालामा खानेपानी गुणस्तर परीक्षण गरिएको बोर्डकी कार्यकारी निर्देशक शकुन्तला गोपालीले बताइन् । उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले समय समयमा खानेपानी गुणस्तर परीक्षण गर्दै आएको निर्देशक गोपालीको भनाइ छ । 

उपभोक्ताहरुलाई वितरण गर्दे आएको खानेपानीको आधारभूतस्तरका तीनवटा पारामिटरमा खानेपानी परीक्षण गरेको हो । खानेपानीको भौतिक, रासायनिक, तथा सूक्ष्मजीव गरी तीन पारमिटरमा खानेपानी गुणस्तर परीक्षण गरिएको हो । परीक्षणका क्रममा पानीमा हुने धमिलोपन सबै मुहान र धारामा ५ एनटीयु भन्दा कम रहेको पाइएको छ भने पिएचको मात्रा भने फरक फरक पाइएको छ । 

खानेपानी मुहान र धारामा झर्ने पानीमा पिएचको मात्रा समान रहेपनि फरक फरक मुहानमा पिएचको मात्रा पनि फरक पाइएको हो । थाहा नगरपालिका १ र २ मा वितरण भएको कुटप्विाकल खानेपानी मुहानमा पिएचको मात्र ७ रहेको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख छ । वडा नम्बर १ क्षेत्रमै वितरण हुने कुन्छालको मुहान तथा धारामा पिएचको मात्रा ७.१ रहेको छ । थाहा–३ को राम्चे र बाहुनगाउँ खानेपानी मुहानमा पनि पिएचको मात्रा ७.१ पाइएको छ । 

थाहा नगरपालिकाकै वडा नम्बर ३ क्षेत्रमा वितरण हुने ककरे र वडा नम्बर ८ मा वितरण हुने दामगाडे खानेपानी मुहानमा पिएचको मात्रा ७.२ पाइएको छ । वडा नम्बर ३ र ४ मा वितरण हुने ऋषेश्वर मुहान, वडा नम्बर ३ को डाँडागाउँ र वडा नम्बर १ को कुलगाउँ क्षेत्रमा वितरण हुने मुहान र धाराको पानीमा पिएचको मात्रा ७.३ पाइएको छ । ओखरबजार, थाहा–३ मा वितरण हुने बारबारेखोला मुहान र वडा नम्बर ११ को कुवापानी खानेपानी मुहानको पानीमा पिएचको मात्रा ७.४ रहेको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख छ । थाहा नगरपालिकाको वडा नम्बर ४ किटेनी क्षेत्रको कारुलखोला र ४ नम्बर वडाकै रुप्सेको खानेपानी मुहानको पानीमा पिएचको मात्रा ७.५ रहेको गुणस्तर परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 

त्यस्तै ‘सूक्ष्मजीव’ पारामिटर अन्तर्गत परीक्षण भएको कोलीफर्म सबै मुहान र धारामा शुन्य रहेको प्रतिवेदनमा उल्लेख छ । ‘यो सबैभन्दा राम्रो कुरा हो’– जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक इन्सपेक्टर कन्जय कुमार चौधरीले भने । प्रतिवेदन अनुसार खानेपानीमा हुने धमिलोपना ५ एनटीयु भन्दा कम हुनुपर्ने मापदण्ड छ । बोर्डले वितरण गरेको पानीमा उक्त मापदण्ड पालना भएको चौधरीले बताए । साथै, अम्लियता छारियताको स्तर (पिएच) ६.५ देखि ८.५ सम्मको हुनुपर्नेमा बोर्डले वितरण गरेको पानी सोही मापदण्डभित्रै रहेकोले पिउन योग्य पानी रहेको भनाइ छ । खानेपानीको मुहान र धाराको पानीमा सक्रिय क्लोरिनको मात्रा भने कम पाइएको प्रतिवेदनमा उल्लेख छ । 

पानीको गुणस्तर परीक्षणबाट बोर्डले वितरण गरेको खानेपानीमा आधारभूतस्तरको शुद्धता रहेको भन्न सकिने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । परीक्षण नतिजाका आधारमा खानेपानी स्रोतको पानी भौतिक, रासायनिक, तथा सूक्ष्मजीवको अवस्था पिउनयोग्य पानीमा हुनुपर्ने मापदण्डमा आधारित रहेको छ । 

यसैबीच वर्षाका बेला खानेपानी पिउँदा सचेतना अपनाउनुपर्ने जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक इन्सपेक्टर कन्जय कुमार चौधरीको भनाइ छ । पानी कम्तिमा उमालेर खाए मात्र पनि धेरै रोगबाट बच्न सकिने बताउँदै जनस्वास्थ्यमा ख्याल राख्न चौधरीको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार