हेटौंडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जीधराज (जीवन) ढकाल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय परिषद् सदस्य मा मनोनित हुनुभएको छ।>
लामो समयदेखि शिक्षण पेशा, विद्यालय व्यवस्थापन तथा शिक्षकहरूको हकहितका पक्षमा सक्रिय रहँदै आउनुभएका ढकालको राष्ट्रिय परिषद् सदस्यमा मनोनयनलाई मकवानपुरका शिक्षा क्षेत्रका व्यक्तित्वहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन्।>
उहाँको मनोनयनसँगै मकवानपुरको शैक्षिक क्षेत्रको प्रतिनिधित्व राष्ट्रिय स्तरमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ। शिक्षक, शुभेच्छुक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले ढकाललाई सफल कार्यकालको शुभकामना दिँदै बधाई व्यक्त गरेका छन्।>
यस मनोनयनले शिक्षक सङ्गठनको नीति निर्माण, शिक्षक अधिकार र शैक्षिक सुधारका विषयमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अपेक्षा गरिएको छ।>>