हेटौँडा नगर स्तरीय शैक्षिक समन्वय समितिको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।>
समितिको अध्यक्षमा सूर्य प्रसाद घिमिरे, उपाध्यक्षमा सम्झना अधिकारी, सदस्य सचिवमा यादव राज बराल, सहसचिवमा पूर्ण चन्द्र काफ्ले तथा कोषाध्यक्षमा दुध लाल घलान सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।>
त्यसैगरी परीक्षा उपसमिति संयोजकमा कृष्ण प्रसाद पोखरेल, अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा बालकुमार श्रेष्ठ तथा तालिम तथा प्रशिक्षण उपसमिति संयोजकमा माधव प्रसाद गौतम चयन भएका छन्।>
समितिका सदस्यहरूमा बैकुण्ठ पराजुली, बालकृष्ण पोखरेल, बज्रकिशोर प्रसाद गुप्ता, भुपेन्द्र यादव, मञ्जु देवकोटा, सरस्वती लामा, शुशिला लामा र रूपक रिजाल सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।>
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शिक्षा क्षेत्रसँग आबद्ध व्यक्तित्वहरूले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नवगठित समितिले नगरभित्रको शैक्षिक समन्वयलाई प्रभावकारी बनाउने, विद्यालयहरूबीच सहकार्य अभिवृद्धि गर्ने तथा शैक्षिक गुणस्तर सुधारका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।>>