मुख्य समाचार
वर्षाका कारण सतर्क रहन मकवानपुर प्रहरीको आग्रह | बाढी–पहिरोका कारण रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट | दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग | समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानु जन्मजयन्तीको अवसरमा भानु माविमा कविता वाचन कार्यक्रम आयोजना | कर्रा खोलाको बाढीले १२ चक्के ट्रक बगायो, चालक सकुशल | हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द | मकवानपुर–१ का सांसद प्रकाश गौतम सिंगापुर र इन्डोनेसियामा अध्ययन भ्रमणमा | आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै | जनप्रियमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न |

स्थानीय समाचार बागमती प्रदेश ३० असार २०८३, मङ्गलबार

बाढी–पहिरोका कारण रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट

Nigarani Online

 मकवानपुर होटल एसोसिएसनले अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध हुँदा जिल्लाभित्र रोकिएका यात्रुलाई राहतस्वरूप सदस्य होटल तथा लजहरूमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ।

एसोसिएसनले जारी गरेको सूचनाअनुसार प्राकृतिक विपद्का कारण यात्रा गर्न नसकी मकवानपुरमा रोकिएका यात्रुले सदस्य होटल तथा लजमा उपलब्ध कोठाको शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।

एसोसिएसनले जिल्लाका सम्पूर्ण सदस्य होटल तथा लज व्यवसायीलाई मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै छुटसहित सुरक्षित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ। विपद्को यस कठिन परिस्थितिमा यात्रुलाई सहज र राहत महसुस गराउने उद्देश्यले यस्तो निर्णय गरिएको एसोसिएसनले जनाएको छ।

एसोसिएसनले विपद्को समयमा होटल व्यवसायीलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित यात्रुको सहयोगमा सक्रिय हुन समेत अनुरोध गरेको छ। उक्त निर्णय तत्काल लागू हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार