मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

११ भाद्र २०८३, बिहीबार

हेटौंडा अस्पतालमा साउन महिनामा ३१ हजार ९ सय ९४ जनाले बहिरंग सेवा लिए

Nigarani Online

हेटौंडा - बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले साउन महिनाको मासिक सेवा प्रतिवेदन सार्वजनिक गरेको छ।

अस्पतालका अनुसार साउन महिनामा मात्रै ३१ हजार ९ सय ९४ जनाले बहिरंग सेवा लिएका छन् भने १३ सय २३ जना अन्तरंगमा भर्ना भएका थिए। आकस्मिक सेवा लिनेको संख्या ७ सय ३० रहेको छ।

अस्पतालका प्रवक्ता उत्सव राज चौलागाईले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा २ सय ९१ शल्यक्रिया भएका छन्। जसमध्ये जटिल शल्यक्रिया २ सय ४१ र सामान्य शल्यक्रिया १ सय ४० छन्।

प्रसूति सेवातर्फ २ सय ९१ सुत्केरी भएका छन्। जसमा सामान्य सुत्केरी १ सय ७९, शल्यक्रियाबाट १ सय ८ र भ्याकुमबाट ४ जना छन्। आईसीयूमा ९० जनाले सेवा लिएका छन्।

निदानात्मक सेवामा अस्पतालको चाप उच्च देखिएको छ। साउनमा १० हजार ६ सय ५ वटा प्रयोगशाला परीक्षण, ७ हजार ७ सय ७८ एक्सरे, ४ हजार १ सय ४६ अल्ट्रासाउण्ड, ६ सय ७३ सीटी स्क्यान र १ सय ४८ एमआरआई सेवा प्रदान गरिएको छ।

त्यस्तै २ सय ८९ ईसीजी, ३ सय ४७ जनाले एआरटी सेन्टरबाट सेवा लिए भने १ सय २९ जनाले हेमोडाईलासिस सेवा पाएका छन्। स्वास्थ्य बिमा भएका २१ हजार ३ सय १८ जनाले उपचार सेवा लिएका छन्।

अस्पतालले नव शिशु स्याहार, पुनर्स्थापना सेवा, जेष्ठ नागरिक सेवा र ओसीएमसी सेवा पनि निरन्तर दिइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार