हेटौँडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म सञ्चालन हुने चारमहिने चातुर्मास व्रत विधिवत रूपमा शुभारम्भ भएको छ।>
चातुर्मास अवधिभर प्रत्येक दिन बिहान ५:३० बजेदेखि पूजा, हवन, आरती तथा पुष्पाञ्जलि कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। त्यसपछि बिहान ७:०० बजेदेखि श्रीमद् विष्णु पुराण पाठपारायण तथा कथा प्रवचन नियमित रूपमा सञ्चालन गरिनेछ।>
धार्मिक आस्था, आध्यात्मिक साधना तथा सनातन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको चातुर्मास कार्यक्रममा सहभागी भई पुण्यलाभ गर्न आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनमा हार्दिक निमन्त्रणा गरेको छ।>
चार महिनासम्म निरन्तर सञ्चालन हुने यस धार्मिक अनुष्ठानमा दैनिक पूजा–आराधना, पुराण वाचन र कथा श्रवणमार्फत भक्तजनलाई आध्यात्मिक लाभ प्राप्त हुने विश्वास गरिएको छ। आयोजकले इच्छुक सबै भक्तजनलाई कुष्माण्ड सरोवर त्रिवेणीधाममा उपस्थित भई धार्मिक कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।>>