मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

खेलकुद २६ भाद्र २०८३, शुक्रबार

छैटौँ मकवानपुर स्क्रयाबल प्रतियोगिता वंशगोपालमा हुने – संयोजक थापा

Nigarani Online
उत्कृष्ट ६ विद्यार्थीले राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने

भाद्र २६, हेटौंडा 

छैटौँ मकवानपुर जिल्ला स्तरीय स्क्र्याबल प्रतियोगिता–२०८३ आगामी असोज ११ गते हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा आयोजना हुने भएको छ।

मकवानपुर स्क्रयाबल क्लबका संयोजक विवश थापाका अनुसार प्रतियोगितामा जिल्लाका विद्यालयबाट विद्यार्थी सहभागी हुनेछन्। प्रत्येक विद्यालयबाट दुई जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने छ जना विद्यार्थीले  कात्तिक १३ देखि १५ गतेसम्म रुपन्देहीको तिलोत्तमा–१, शंकरनगरस्थित एपेक्स स्कुलमा आयोजना हुने १२ औं राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्। 

उनका अनुसार स्क्रयाबल खेलले विद्यार्थीको शब्दभण्डार र भाषिक क्षमता अभिवृद्धि गर्नुका साथै सिर्जनात्मक सोच, सहकार्यको भावना र सिकाइ क्षमताको विकासमा समेत योगदान पु¥याउँछ। मनोरञ्जनसँगै ज्ञान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले विद्यालय तहमा स्क्र्याबलप्रतिको आकर्षण बढ्दै गएको उनले बताए।

अङ्ग्रेजी शब्दहरू मिलाएर खेलिने स्क्र्याबलको औपचारिक नेपाली नामकरण नभए पनि यसलाई सामान्यतया ‘कोठेपद’ वा ‘शब्दजाल’ का रूपमा बुझ्ने गरिन्छ। नेपालमा स्क्र्याबल खेलको सुरुवात स्क्रयाबल क्लब पोखराले गरेको हो । 

नेपालमा आयोजना हुने राष्ट्रिय प्रतियोगिताबाट उत्कृष्ट खेलाडीले अन्तर्राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा सहभागी हुने अवसरसमेत पाउँदै आएका छन्। पछिल्लो समय स्क्र्याबल भौतिक रूपमा मात्र नभई अनलाइन माध्यमबाट समेत खेल्न सकिने भएकाले यसको पहुँच र लोकप्रियता थप विस्तार हुँदै गएको छ। गत वर्षको ११औँ राष्ट्रिय स्क्रयाबल प्रतियोगिता हेटौंडास्थित बाल जागृति इङ्लिस स्कुलमा आयोजना भएको थियो। कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिका वडा नं ६, पेन्टागन एकेडेमी, हेटौंडा ४ र रिडमोर पब्लिकेशन, काठमाडौंको  सहयोग रहनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार