मुख्य समाचार
हेटौँडा क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न | प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी १ दिने कार्यक्रम हुने | त्रिवेणीधाममा चातुर्मास व्रत तथा विष्णुपुराण पाठ सुरु | जनगुनासो सुन्दै वडास्तरमा पुगे सांसद प्रकाश गौतम | हेटौँडामा भक्ति सङ्गीत तथा भजन कीर्तन कार्यक्रम १६औँ शृङ्खलामा | भानु जयन्ती कृषा थापा | हेटौंडामा जग्गाधनी दर्ता प्रमाणपूर्जामा भूउपयोग क्षेत्रको व्यहोरा अद्यावधिक हुने | श्रावण ९ र १० गतेको बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने | हेटौंडाका मासु व्यवसायीलाई प्रशासनको कडा निर्देशन | आधुनिक महिला जागृति सहकारीको कुल सम्पत्ति ८ करोड २ लाख |

स्थानीय समाचार बागमती प्रदेश ९ श्रावण २०८३, शनिबार

जनगुनासो सुन्दै वडास्तरमा पुगे सांसद प्रकाश गौतम

Nigarani Online

मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतम ले हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा जनगुनासो सुन्ने अभियानलाई निरन्तरता दिएका छन्।

हेटौँडा उपमहानगरपालिकाको वडा नं. ४, ७ र १२ मा आयोजित कार्यक्रममा सांसद गौतमले स्थानीयवासीका समस्या, सुझाव र गुनासाहरू प्रत्यक्ष रूपमा सुनेका हुन्। कार्यक्रममा उठाइएका विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याई समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता जनाउँदै आवश्यक प्रतिवेदन तथा समन्वय प्रक्रिया अगाडि बढाइएको जानकारी दिइएको छ।

कार्यक्रममा स्थानीय आवश्यकता र जनचासोका विषयलाई नजिकबाट बुझेर विकास निर्माण, सेवा प्रवाह तथा सार्वजनिक सरोकारका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने उद्देश्य रहेको सांसद गौतमले बताएका छन्। जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादले उत्तरदायी शासन तथा प्रभावकारी सेवा प्रवाहमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।

कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन सांसद गौतमका सचिवालय प्रमुख किशोर अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला उपसभापति टाकाराज थापा, सुरेश थापा तथा क्षेत्र नं. १ का सभापति हरिहर खतिवडा लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता जनमुखी संवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार