प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का सांसद प्रकाश गौतमले धियाल–बकैया क्षेत्रका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन्।बैठकमा बोल्दै सांसद गौतमले सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार विकाससँग सम्बन्धित समस्याहरू तत्काल समाधान गर्न आवश्यक रहेको बताए। उनले विशेष गरी दुर्गम बस्तीका नागरिकले आधारभूत सेवासुविधा प्राप्त गर्न कठिनाइ भोगिरहेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई आवश्यक पहल गर्न आग्रह गरे।सांसद गौतमले धियाल–बकैया क्षेत्रको समग्र विकासका लागि बजेट विनियोजन, योजनाको प्रभावकारी कार्यान्वयन र स्थानीय जनताको मागलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले विकासका काममा ढिलासुस्ती नगर्न सरकारलाई सचेतसमेत गराएका छन्।
यसैगरी क्षेत्र नं. २ का सांसद प्रशान्त उप्रेतीले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका नाममा संकलन गरिएको लगानी सम्बन्धी विषय उठाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ। उहाँले वि.सं. २०६९ सालमा नेपाल पूर्वाधार विकास कम्पनीमार्फत करिब १,७०० जना लगानीकर्ताबाट रु. ३१ करोड ७६ लाख संकलन गरिएको भए पनि हालसम्म सुरुङमार्ग निर्माणको काम अघि बढ्न नसकेको बताउनुभयो। साथै, लगानीकर्ताको रकमको अवस्था अझै अन्योलमा रहेको उल्लेख गर्दै यस विषयमा निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो। सांसद उप्रेतीले धेरै नागरिकले सानो–सानो बचतबाट उक्त योजनामा लगानी गरेको स्मरण गराउँदै उनीहरूको हित संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। >>
प्रतिनिधिसभामा मकवानपुरका
सांसदद्वयद्वारा धियाल–बकैया विकास र भीमफेदी–कुलेखानी सुरुङमार्ग लगानीबारे सरकारको ध्यानाकर्षण
प्रतिक्रिया
ताजा समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै
२९ कार्तिक २०८३, शनिबार
‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड
२८ कार्तिक २०८३, शुक्रबार
मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण
२७ कार्तिक २०८३, बिहीबार
आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै
२६ कार्तिक २०८३, बुधवार
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै
२५ कार्तिक २०८३, मङ्गलबार
गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै
२५ कार्तिक २०८३, मङ्गलबार