मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार ७ भाद्र २०८३, आइतबार

भण्डारी सेवा समाज नेपालको मकवानपुर जिल्ला भेला सम्पन्न

Nigarani Online

भाद्र७,  हेटौंडा — भण्डारी सेवा समाज नेपाल (रघुवंशी कौशिक गोत्रीय) को मकवानपुर जिल्ला भेला  आइतबार सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–१८ स्थित गुम्बाडाँडामा स्थानीय समाजसेवी तथा अग्रज व्यक्तित्व ॐ भक्त भण्डारीको अध्यक्षतामा सम्पन्न भेलाले राजनकुमार भण्डारीको अध्यक्षतामा १३ सदस्यीय मकवानपुर जिल्ला समिति गठन गरेको हो ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा राजप्रकाश भण्डारी, सचिवमा कृष्ण देव भण्डारी र कोषाध्यक्षमा कान्छाकाजी भण्डारी चयन हुनुभएको भने  सदस्यहरूमा ॐ भक्त भण्डारी, जयराम भण्डारी, कविन्द्र भण्डारी, नवराज भण्डारी, सुशिल भण्डारी, रविन्द्र भण्डारी, मिश्रबहादुर भण्डारी, शंकर भण्डारी र कुमार भण्डारी चयन हुनुभएको छ।

कार्यक्रममा अग्रज व्यक्तित्वहरू बमबहादुर भण्डारी, राजेन्द्र भण्डारी र भरतकुमार भण्डारीले नवनिर्वाचित समितिलाई शुभकामना तथा सफल कार्यकालको शुभेच्छा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संगठन विभाग प्रमुख तथा केन्द्रीय उपाध्यक्ष कुमार भण्डारीले अनलाइन माध्यमबाट शुभकामना सन्देश दिँदै भण्डारी सेवा समाज नेपाल स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूको साझा संस्था भएको बताउनुभयो। उहाँका अनुसार संस्थाको स्थापना २०६५ असोज ३ गते भएको हो।

केन्द्रीय उपाध्यक्ष भण्डारीले २०६५ सालदेखि हालसम्म संस्थाले देशका ५७ जिल्लाका रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूलाई संगठनमा समेटिसकेको जानकारी दिनुभयो। उहाँले पहिलो वंशावली प्रकाशन भइसकेको र छुटेका सम्पूर्ण दाजुभाइलाई समेटेर दोस्रो वंशावली प्रकाशनको तयारी भइरहेको बताउनुभयो। ‘एक घर, एक जना पनि नछुट्ने’ गरी देशभर संगठन विस्तार गर्दै वंशावली निर्माणको अभियान अघि बढाइएको उहाँको भनाइ थियो।

समाजले रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूको स्वास्थ्य तथा शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो। हालसम्म पाँचवटा अस्पतालसँग सम्झौता भइसकेको र विभिन्न उपचारका शीर्षकमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो।

भेलामा नवनिर्वाचित अध्यक्ष राजन कुमार भण्डारीले मकवानपुरमा रहेका सम्पूर्ण रघुवंशी कौशिक गोत्रीय भण्डारीहरूलाई एकताबद्ध गर्दै समाजको उद्देश्य प्राप्तिका लागि निरन्तर सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सामाजिक एकता, सहयोग र सेवामूलक गतिविधिलाई प्राथमिकता दिने बताउनुभयो।

प्रतिक्रिया

बिसाल भण्डारी ८ भाद्र २०८३, सोमबार

हालै हेटौडा-१८ बाट निर्बाचीत राजन कुमार भण्डारी ज्यु लाई हार्दीक बधाई तथा यस संगठनले देशमा छरीयर बस्नु भयको सबै भण्डारी बन्धुहरूको हक र हीतको लागी एकता बद्धरूपमा काम गर्नको लागी मेरो सुजाबको साथै शुभकामना ब्यक्त गर्न चाहन्छु।🇳🇵🙏🏻

सम्बन्धित समाचार