>
बारा । जितपुर–सिमरा उपमहानगरपालिका–३, रेल्वेलाइन (चुनाभट्टा) मा श्री पुण्डेश्वर एकादशी समूहको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिला १७ र पुरुष ५५ गरी ७२ जनाले रक्तदान गरेका छन्।>
उपमहानगरपालिकाका उपमेयर भोला अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समूहकी सचिव शिक्षा ढुंगानाले पहिलो रक्तदान गरी उद्घाटन गरेकी थिइन्।कार्यक्रममा विभिन्न सहयोगी मनबाट रु. २२ हजार ९२, पाथीभरा इङ्लिस बोर्डिङ स्कुलबाट फ्रुटी तथा ग्लुकोज, सिमरा दूध डेरीबाट ५३ लिटर दूध तथा अमृत डेरीबाट प्रमाणपत्र सहयोग भएको आयोजकले जनाएको छ।>
त्यस्तै गुप्ता इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रा.लि. का सञ्चालक बिकेश गुप्ताले रक्तदातालाई प्रोत्साहन गर्दै एक कार्टुन अण्डा सहयोग गरेका छन्। उनले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवामा सहयोग निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।आयोजकले रक्तदान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।>>