>
असोज ३, हेटौंडा>
हेटौँडा–६, चौघडामा रहेको रक्षादेवी नमुना टोल विकास संस्थाको सातौँ साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ।>
संस्थाका अध्यक्ष केशव कोइरालाको अभ्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. ६ का सदस्य मुना विश्वकर्मा प्रमुख आतिथ्थ्तामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष रमेश बानियाँ, टोल विकास नगर समन्वय भूगोल इन्चार्ज गोमा लामिछाने, शान्ति टोल विकास संस्थाका कोषाध्यक्ष पूर्णभद्र चौलागाईं, हेटौँडा उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख भीम तिमल्सिना, टोल विकास नगर समन्वय उपाध्यक्ष विष्णु ढुंगाना, वडा समन्वय समितिका अध्यक्ष राजकुमार फुयाल, रक्षादेवी आमा समूहकी अध्यक्ष भवानी सञ्जेल, फेकोफनका अध्यक्ष साधुराम चौलागाईं लगायतको उपस्थिति रहेको थियो।>
सहिद स्मृति आधारभूत अस्पताल बागमतीका अहेव तथा संस्थाका सदस्य सञ्जीव अधिकारीले कार्यक्रममा उपस्थित सदस्यहरूको रक्तचापसमेत परीक्षण गर्नुभएको थियो।>
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मानअन्तर्गत महिलातर्फ थिरकुमारी लामिछाने र पुरुषतर्फ मिनबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो।>
साधारण सभाका क्रममा संस्थाका विगतका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना तथा भावी कार्यक्रमका विषयमा छलफल गरिएको थियो। >
अधिवेशनबाट रक्क्षा थापाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको छ। समितिको उपाध्यक्षमा रबिन्स मानन्धर, सचिवमा देवकुमारी श्रेष्ठ, कोषाध्यक्षमा बुद्धलक्ष्मी चौलागाईं, सहसचिवमा गोमा खड्का तथा सदस्यमा शोभा गुरुङ, राजेश पौडेल र कृष्णमणि भट्टराई चयन हुनुभएको छ।>>