>
प्रदेशमा पटक-पटक हुने सत्ता समीकरण परिवर्तन र कुर्सी केन्द्रित राजनीतिप्रति चर्को असन्तुष्टि व्यक्त गरिएको छ। >
"जनताले दिएको मत सरकार गठन र विघटनको खेल्नका लागि होइन, समृद्ध प्रदेश निर्माण गर्नका लागि हो," भन्दै जनताको अपेक्षा र राजनीतिक अभ्यासबीचको दूरीप्रति सर्वसाधारणले गम्भीर चिन्ता व्यक्त गरेका छन् । >
दुर्भाग्यवश प्रदेशमा बारम्बार हुने सत्ता समीकरण फेरबदलले जनताको विश्वासमाथि चोट पुर्याएको उल्लेख गर्दै राजनीतिक दलहरू सत्ता जोगाउने र सत्तामा पुग्ने अंकगणितमै अल्झिएका देखिएको हेटौंडाका नागरिकको गुनासो छ ।>
जनताको मत कुनै राजनीतिक सौदाबाजीको माध्यम नभएको भन्दै यो जनताको विश्वास, आशा र भविष्यको जिम्मेवारी भएको स्पष्ट पारिएको छ। >
जनताको धैर्यलाई कमजोरी नठान्न आग्रह गर्दै "अन्तिम निर्णय गर्ने अधिकार सधैं जनतासँग नै हुन्छ" भन्दै स्थिर, जिम्मेवार र जनउत्तरदायी शासन दिनु नै आजको सबैभन्दा ठूलो आवश्यकता भएकोमा जोड दिइएको छ।>>