आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा मकवानपुर गढी मक्रान्चुलीस्थित माध्यमिक विद्यालयमा कविता रचना वाचन प्रतियोगिता सम्पन्न भएको छ।>
>
वासुदेव रिजाल स्मृति प्रतिष्ठान, हेटौँडाको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व, कृतित्व, नेपाली भाषा, साहित्य, संस्कृति, राष्ट्रप्रेम तथा समसामयिक विषयवस्तुलाई समेटेर आफ्ना मौलिक कविता प्रस्तुत गरेका थिए।>
कार्यक्रममा २१ जना विद्यार्थीले रचना वाचन गरेको शिक्षक विष्णुमाया नगरकोटीले बताउनुभयो । उत्कृष्ट ३ जनालाई वासुदेव स्मृती प्रतिष्ठानले नगद १५०० प्रदान गरेको छ भने रचना वाचन गर्ने अन्य ३ जनालाई ५०० सय नगद प्रदान गरिएको बताइएको छ ।>
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले सिर्जनात्मक क्षमता र वाचनकलाको उत्कृष्ट प्रदर्शन गरेका थिए। कार्यक्रमका वक्ताहरूले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको स्मरण गर्दै यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीमा भाषा, साहित्य र सिर्जनशीलताप्रति रुचि बढाउने विश्वास व्यक्त गरे।>
>
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा प्रतिष्ठानका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।>>