मकवानपुर — भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, मकवानपुरले ४ लाख रुपैयाँ सहयोग गरेको छ।>
महासंघ मकवानपुरका अध्यक्ष नवराज घलानले भोटेकोसी बाढीबाट मकवानपुरमा प्रभावित भएका पीडितहरूको पहिचान गरी उनीहरूलाई समेत राहत हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्।>
अध्यक्ष घलानले बाढीका कारण प्रभावित भएका परिवारहरूको अवस्था पहिचान गरी उनीहरूको आवश्यकताअनुसार सहयोग गरिने बताए। विपद्को समयमा पीडितहरूको साथमा उभिनु मानवीय दायित्व भएको भन्दै महासंघले आगामी दिनमा पनि आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने जनाएको छ।>
महासंघले प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग जुटाउन आफूहरू निरन्तर सक्रिय रहने जनाएको छ।>>