मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

खेलकुद १८ असोज २०८३, आइतबार

राष्ट्रिय स्क्रयाबल प्रतियोगितामा मकवानपुरबाट छनोट हुने एक्ली छात्रा काब्या

Nigarani Online

असोज १८, हेटौंडा 

 कक्षा ७ मा अध्ययनरत काब्या खनाल  छैटौँ मकवानपुर जिल्ला स्तरीय   प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै  बुटवलमा हुने राष्ट्रिय स्क्रयाबल  प्रतियोगिताका लागि छनोट भएका ६ जना विद्यार्थीमध्ये एकमात्र छात्रा बन्न सफल भएकी छन्।

हेटौंडा १९ बस्तिपुर स्थित गुरु–शिष्य पाठशालामा अध्ययनरत काब्याले २०८२ सालमा पहिलोपटक स्क्रयाबल अभिमुखीकरण कार्यक्रममा सहभागी भएकी थिइन्।  विद्यालयको आन्तरिक प्रतियोगितामा प्रथम हुँदै विभिन्न विद्यालयस्तरीय प्रतियोगितामा निरन्तर शीर्ष तीन स्थान हासिल गर्दै आएकी छन्।

गत वर्षको जिल्ला स्तरीय प्रतियोगितामा सफलता हासिल गर्न नसकेपछि उनले अझ मेहनत गर्ने संकल्प गरिन्। परिवारको सहयोगमा घरमै नियमित अभ्यास गरिन्, मोबाइलमा बिताउने समय घटाएर स्क्र्याबललाई प्राथमिकता दिइन् र विद्यालयको खाली समयमा साथीहरूसँग पनि अभ्यास गरिरहिन्।

निरन्तर अभ्यास, मेहनत र दृढ संकल्पको परिणामस्वरूप काब्या अब मकवानपुरबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने ६ विद्यार्थीमध्ये एकमात्र छात्राका रूपमा बुटवलमा प्रतिस्पर्धा गर्नेछिन्। । विद्यालयमा जुनियर र सिनियर स्क्रयाबल कल्ब समेत रहेको विद्यालयका प्रिन्सिपपल आशिष कार्कीले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार