स्थानीय समाचार बागमती प्रदेश ६ श्रावण २०८३, बुधवार

शिक्षा क्षेत्रमा ३ प्रतिशत कर असुल नगर्ने फेमकोल एकेडेमीको निर्णय

Nigarani Online

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत कर लाग्ने विषयमा सार्वजनिक जानकारी आएपछि विद्यालयले त्यसअनुसार सूचना जारी गरे पनि हालका लागि उक्त कर असुल नगर्ने निर्णय गरेको छ।

विद्यालय प्रशासनका अनुसार नेपाल सरकारको निर्णयअनुसार मिति २०८३ साउन ५ गते अभिभावकलाई ३ प्रतिशत करसम्बन्धी सूचना जारी गरिएको थियो। तर, सूचना जारी भएको करिब एक घण्टापछि प्रधानमन्त्रीबाट सामाजिक सञ्जालमार्फत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लाग्ने उक्त ३ प्रतिशत कर खारेज गरिएको जानकारी सार्वजनिक भएको जनाइएको छ।

यसैलाई मध्यनजर गर्दै नेपाल सरकारबाट यस विषयमा स्पष्ट लिखित निर्णय वा आधिकारिक सूचना प्राप्त नभएसम्म अभिभावकबाट कुनै पनि अतिरिक्त कर वा करसम्बन्धी शुल्क नलिने विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयकी प्रशासन प्रमुख सुष्मा नकर्मीले आधिकारिक सरकारी निर्णय प्राप्त भएपछि सोहीअनुसार आवश्यक जानकारी अभिभावकलाई उपलब्ध गराइने बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार