मुख्य समाचार
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा भानु माध्यमिक विद्यालयमा कविता प्रतियोगिता सम्पन्न | कर्रा खोलाको बाढीले १२ चक्के ट्रक बगायो, चालक सकुशल | हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द | मकवानपुर–१ का सांसद प्रकाश गौतम सिंगापुर र इन्डोनेसियामा अध्ययन भ्रमणमा | आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै | जनप्रियमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न | हेटौंडा कपडा उद्योग ब्युँताउने जिम्मा नेपाली सेनालाई | अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा | इंग्ल्यान्ड फिफा विश्वकप २०२६ काे सेमिफाइनलमा प्रवेश |

हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द

Nigarani Online

हेटौँडा, असार २९ — हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै हेटौँडा–ठिंगन–बागमती–ललितपुर (कान्ति लोकपथ) तथा हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा सवारी सञ्चालन रोकिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो।

प्रशासनले कान्ति लोकपथ प्रयोग गर्ने सवारीसाधनलाई मकवानपुरको चौघडामा तथा हेटौँडा–कुलेखानी सडक प्रयोग गर्ने सवारीलाई चौकीटोलमा रोक्ने व्यवस्था गरिएको जनाएको छ।

सूचनाअनुसार कान्ति लोकपथमा असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन बन्द रहनेछ।

त्यस्तै, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा सोमबार साँझ ५ बजेदेखि असार ३० गते बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायी, चालक तथा यात्रुलाई तोकिएको स्थानभन्दा अगाडि सवारीसाधन नलैजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार