मुख्य समाचार
विश्वकप फुटबलमा स्पेनलाई दोस्रो पटक उपाधि | मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः बच्चुराम अर्याल | हेटौँडा नगर स्तरीय शैक्षिक समन्वय समितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन | नदी, खोला तथा खोल्सामा पौडी खेल्न र अनावश्यक नजान आग्रह | बाघझोरा पुलको बजेटमा श्रेय लिन खोजिएको भन्दै आपत्ति | विश्वकपमा इंग्ल्याण्डको शानदार जित, फ्रान्सलाई हराउँदै तेस्रो स्थान कब्जा | नवजीवन ज्योति क्लबको नवनिर्मित भवन उद्घाटन | बागमती गाउँपालिकाका शिक्षकलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन | बागमती गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा | मकवानपुरबाट सरकारलाई 'रोम विधान' अनुमोदनको दबाब |

राष्ट्रिय समाचार बागमती प्रदेश ३ श्रावण २०८३, आइतबार

मकवानपुर–जापान समाजको अध्यक्षमा पुनः बच्चुराम अर्याल

Nigarani Online

 मकवानपुर–जापान समाजको अध्यक्षमा बच्चुराम अर्याल पुनः चयन भएका छन्।

जापानमा सम्पन्न समाजको अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिले जापानमा रहेका मकवानपुरवासीबीच आपसी एकता, सहकार्य तथा सामाजिक सेवाका गतिविधिलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

पुनः अध्यक्षमा चयन भएपछि अर्यालले आफूलाई पुनः विश्वास गरेर नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै समाजलाई अझ सक्रिय, समावेशी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्। उनले जापानमा रहेका मकवानपुरवासीलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा परोपकारी गतिविधिलाई निरन्तरता दिने बताए।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार