मुख्य समाचार
वर्षाका कारण सतर्क रहन मकवानपुर प्रहरीको आग्रह | बाढी–पहिरोका कारण रोकिएका यात्रुलाई होटलमा २० प्रतिशत छुट | दोहोरिएको परीक्षा खर्चको जिम्मेवारी प्रशासनले वहन गर्न नेविसंघको माग | समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता भोलिदेखि सुरु हुँदै | भानु जन्मजयन्तीको अवसरमा भानु माविमा कविता वाचन कार्यक्रम आयोजना | कर्रा खोलाको बाढीले १२ चक्के ट्रक बगायो, चालक सकुशल | हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन अस्थायी रूपमा बन्द | मकवानपुर–१ का सांसद प्रकाश गौतम सिंगापुर र इन्डोनेसियामा अध्ययन भ्रमणमा | आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै | जनप्रियमा भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न |

स्थानीय समाचार ३० असार २०८३, मङ्गलबार

वर्षाका कारण सतर्क रहन मकवानपुर प्रहरीको आग्रह

Nigarani Online

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले अविरल वर्षासँगै बाढी, पहिरो तथा डुबानको जोखिम बढ्दै गएपछि सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जनहितमा जारी सूचनामार्फत प्रहरीले वर्षायाममा अपनाउनुपर्ने विभिन्न सावधानीबारे जानकारी दिँदै सुरक्षित रहन सबैमा अनुरोध गरेको हो।

प्रहरीले अत्यावश्यक अवस्थाबाहेक मोबाइल फोनको कम प्रयोग गर्न तथा आकस्मिक प्रयोजनका लागि ब्याट्री जोगाएर राख्न आग्रह गरेको छ। साथै, सरकारी सूचना तथा उद्धारसम्बन्धी जानकारी प्राप्त गर्न ब्याट्रीबाट चल्ने रेडियो र रातिको समयमा आवश्यक पर्ने टर्च साथमा राख्न पनि सुझाव दिएको छ।

त्यसैगरी, शुद्ध खानेपानी र खाद्यान्नको व्यवस्थापन गर्न, बिरामी, वृद्धवृद्धा तथा बालबालिकाको विशेष हेरचाह गर्न, घरभित्र विद्युत् सर्ट भएको–नभएको जाँच गर्न तथा बाढी–पहिरोको उच्च जोखिम भएका क्षेत्रमा राति पालैपालो जाग्राम बसेर वरपरको अवस्थाको निगरानी गर्न आग्रह गरिएको छ।

प्रहरीले वर्षा रोकिएपछि आवश्यक पर्ने उद्धार तथा राहत कार्यमा सहयोग गर्न सक्षम युवाहरूलाई तयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ। मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आफ्नो वडा वा आसपासमा हुन सक्ने वा भएका विपद्का घटनाको जानकारी तत्काल सुरक्षा निकायलाई गराई उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन समेत सबैमा आह्वान गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विपद्को समयमा संयमता अपनाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सम्पूर्ण नागरिकमा अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार