मुख्य समाचार
कम्मरको नसा च्यापिएका बिरामीको सुईमार्फत सफल उपचार | अन्ततः हामी एउटै चौतारीमा भेट्नैपर्छ’ : कांग्रेस नेता भण्डारी | कक्षा १२ को मौका परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न, सहयोगी निकायप्रति कार्यालयको आभार | शिक्षा क्षेत्रमा ३ प्रतिशत कर असुल नगर्ने फेमकोल एकेडेमीको निर्णय | युरोप भ्रमणमा पिप्ले युवा क्लबका अध्यक्ष घिमिरे | सिद्धार्थ माविको अध्यक्षमा रविना गोले सर्वसम्मत | नारायणी यातायात व्यवसायी संघको नयाँ कार्यसमितिलाई सम्मान | जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ | हेटौँडाका निजी अस्पतालको अनुगमन | हेटौँडामा कांग्रेसको ४४ औँ वी.पी. स्मृति सभासहित जरा अभियान समापन हुने |

राष्ट्रिय समाचार समसामयिक ७ श्रावण २०८३, बिहीबार

अन्ततः हामी एउटै चौतारीमा भेट्नैपर्छ’ : कांग्रेस नेता भण्डारी

Nigarani Online

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको असहमति र प्रतिस्पर्धा मर्यादित हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति नभई सबैको साझा विरासत भएको उल्लेख गरेका छन्।

भण्डारीले कांग्रेस पहिलो पुस्ताले निश्चित लक्ष्यका साथ निर्माण गरेको, हजारौँले बलिदान दिएर जोगाएको र दोस्रो पुस्ताले इतिहास बिर्सँदा कमजोर बनेको भए पनि अहिले तेस्रो पुस्ताले त्यसलाई सुधार्ने प्रयास गरिरहेको बताएका छन्। त्यसैले पार्टीलाई साझा जिम्मेवारीका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।

उनले पदले भद्रता, संयमता, धैर्यता, शिष्टता र मर्यादा सिकाउनुपर्ने भए पनि कतिपय अवस्थामा पदको उचाइसँगै भाषा र व्यवहारको स्तर खस्किएको देखिनु दुःखद रहेको उल्लेख गरेका छन्।

भण्डारीले पूर्वाग्रह, गालीगलौज, आरोप–प्रत्यारोप र व्यक्तिगत आक्रमणको सट्टा अनुभव, विचार र तर्कमा आधारित प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। असहमति स्वाभाविक भए पनि मर्यादा कायम राख्नुपर्ने उनको आग्रह छ।

स्टाटसको अन्त्यमा उनले, “अन्ततः हामी फेरि एउटै चौतारीमा भेट्नु नै छ। त्यतिबेला आफ्नै शब्द सम्झेर शिर झुकाउन नपरोस्,” भन्दै पार्टीभित्रको संवाद र सहकार्यलाई सभ्य तथा जिम्मेवार बनाउनुपर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार