मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

छैटौँ मकवानपुर जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगिता वंशगोपालमा सम्पन्न

Nigarani Online

 असोज १७,  हेटौँडा

छैटौँ मकवानपुर स्क्रयाबल प्रतियोगिता– २०८३  वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा ६ मा शनिवार  सम्पन्न भएको छ ।   संस्थागत तथा सामुदायिक गरी १३  विद्यालय बाट २—२ जना विद्यार्थीको  सहभागिता रहेको कार्यक्रममा गुरुशिष्य पाठशालाका  काव्या खनाल, वंंशगोपाल माविका सम्राट खत्री,  बाल जागृति इङ्कलिश स्कूलका स्वर्णीम सुबेदी  र आयुष रौनियार, भुटनदेवी माविका प्रिन्स लयरा र तुलसी मेहर सेकेन्डरी स्कूलका सुरन ब्लोन यस प्रतियोगिताबाट  उत्कृष्ट भइ राष्ट्रिय  प्रतियोगिताकालागि छनौट भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृण्ण प्रसाद दहाल तथा हेटौंडा उममहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु बहादुर दहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्क््रयाबल कल्ब  मकवानपुरका संयोजक बिवश जङ थापा, शिक्षा विकास महाशाखाका हरिचन्द्र सापकोटा, नेल्टा मकवानपुरका उपाध्यक्ष सुरेश रेग्मी, प्रसिद्धि बुक हाउसका सञ्चालक कृण्णदेव भण्डारी, विद्यालयका प्रधानाध्यापक ललन कुमार पाण्डेयको उपस्थिति रहेको थियो ।   

 मकवानपुर स्क्याबल क्लबका संयोजक विवश जङ थापाले यस प्रतियोगिताबाट ६ उत्कृष्ट विद्यार्थी कार्तिक १३ देखि १५ गतेसम्म  रुपन्देहीको, तिलोतमा –१  शाङकनगर मा अवस्थित एपेक्स स्कूलमा    हुने राष्ट्रिय प्रतियोगितामा  सहभागी हुन पाउने बताउनुभयो ।  कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई मेडल तथा शैक्षिक सामग्री तथा प्रमाण पत्र प्रदान गर्नुको साथै सहभागी २६ जना विद्यार्थीलाई प्रोत्साहन स्वरुप मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रमका अतिथि तथा विभिन्न विद्यालयका प्रतिनिधि शिक्षकहरुलाई  मायाको चिनो स्वरुप पुस्तक र अमेरीकन एम्वेसी (रेलो) बाट  शैक्षिक सामग्री प्रदान गरिएको थियो । पठन संस्कृति विकास गर्ने हेतुले अतिथि तथा शिक्षकहरुलाई अङ्ग्रेजी भाषा सिकाइसँग सम्बन्धि पुस्तक प्रदान गरिएको विद्यालयका शिक्षक सरोज लामिछानेले बताउनु भयो ।  कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विद्यालय गान तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।  कार्यक्रममा रिडमोर पब्लिकेशन  र पेन्टागन एकेडेमी, हेटौंडाको सहयोग रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार