मकवानपुरको वकैया गाउँपालिकावाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । जेन–जी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका अभियुक्त पक्राउ परेका हुन् । >
मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–६, ज्यामिरे निवासी ३९ वर्षीय सुकलाल वाइवालाई प्रहरीले पक्राउ गरेको हो । वाइवा लागुऔषध अफिम कारोबार मुद्दामा २० वर्ष कैद भुक्तान गरिरहेका थिए । उनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका–४, जुरेली बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद काफ्लेले बताए । >
भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा वाइवा नख्खु कारागारबाट भागेका थिए । पक्राउ परेका वाइवालाई आवश्यक कानुनी कारबाहीको लागि भीमफेदी कारागार पठाइएको प्रहरीले जनाएको छ ।>
>>