असोज २३, हेटौंडा>
हेटौँडा–६, चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयमा दसैँ विशेष सांस्कृतिक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।>
अतिरिक्त क्रियाकलाप अन्र्तगत आयोजना गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीहरुले सामूहिक नृत्य, गीत र प्रहसन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातीको धर्म तथा पहिचान झल्कने नृत्य प्रस्तुत गरेका छन् । अभिभावकहरुको पनि सामूहिक नृत्यमा सहभागिता रहेको थियो । अतिरिक्त क्रियाकलाप संयोजक माधव प्रसाद गौतमको सभाध्यक्षतामा सम्पन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद दहाल, शिक्षक अभिभावक संघका अध्यक्ष शोभा घिमिरेको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक शर्मिला लम्सालले सञ्चालन गर्नु भएको थियो । >
>>