>
असार २२, हेटौंडा >
जिल्ला स्तरीय फूलकन्ट्याक्ट कराते प्रतियोगिता २०८३ सम्पन्न भएको छ । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियन हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ७ वटा डोजोका ९० भन्दा बढी खेलाडीहरुले भाग लिएका थिए । क्योकुशिन कराते संघ जिल्ला अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन उद्घाटन सत्रका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयका वडाध्यक्ष अनिल बानियाँले गरेका थिए भने , खेलाडीहरुलाइ पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए । खेलमा ३० केजी देखि ५० केजी सम्मका महिला , पुरुष खेलाडीहरुले भाग लिएको क्योकुशिनका अग्रज प्रशिक्षक किशोर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा क्योकुशिन कराते संघ बिष्णु श्रेष्ठ लगायत गुरुहरुको आतिथ्यता रहेको थियो ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन