हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्रको जग्गाधनी दर्ता प्रमाणपूर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको व्यहोरा अद्यावधिक गर्ने भएको छ।>
उपमहानगरपालिकाले मिति २०८३/०४/०७ मा सार्वजनिक सूचना जारी गर्दै नगर भूउपयोग परिषद्को मिति २०८३/०३/२६ को निर्णयअनुसार यो व्यवस्था लागू गरिएको जनाएको छ।>
सूचनाअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको भूउपयोग क्षेत्र वर्गीकरणका आधार तथा मापदण्ड अनुसार अद्यावधिक गरिएको नक्साअनुसार नापी विभाग र नापी कार्यालय मकवानपुरको सहकार्यमा कित्तागत भूउपयोग क्षेत्र वर्गीकरणको विवरण तयार पारिएको छ।>
किन अद्यावधिक गरिँदै?>
भूउपयोग (संशोधन सहित) नियमावली, २०७९ को परिच्छेद-३, नियम १० को उपनियम (४) बमोजिम स्थानीय तहले जग्गाधनी दर्ता प्रमाणपूर्जामा भूउपयोग क्षेत्र वर्गीकरणको व्यहोरा अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअनुसार सर्वसाधारणलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको उपमहानगरले जनाएको छ।>
उपमहानगरले अबदेखि जग्गा कारोबार र अन्य प्रशासनिक काममा नयाँ भूउपयोग वर्गीकरण अनुसारकै विवरण प्रमाणपूर्जामा राखिने बताएको छ।>>