मुख्य समाचार
आज छठ पर्वको दोस्रो दिन खरना विधि गरिँदै | ‘शिक्षा–ककस’ साप्ताहिक भर्चुअल कार्यक्रम सुरु हुँदै, पाँच शिक्षक–पाँच प्रतिज्ञामा जोड | मातृ विद्यालयको शैक्षिक उन्नयनमा भूतपूर्व विद्यार्थी मञ्चको योगदान, कालिका माविलाई स्मार्ट टिभी हस्तान्तरण | आज भाइटीका पर्व मनाइँदै, दिदीबहिनीबाट दाजुभाइले टीका ग्रहण गर्दै | नेपाल संवत् ११४७ सुरु, नेवार समुदायले म्हः पूजा गर्दै | गोवर्द्धन, गोरु र हली तिहार आज मनाइँदै | गाईको पूजा आराधना गरी आज गाईतिहार मनाइँदै | आज काग तिहार मनाइँदै, कागलाई मीठो खानेकुरा दिएर पूजा गरिँदै | तिहार पर्व | तिहार तथा छठ पर्व मर्यादित र सुरक्षित रूपमा मनाउन मकवानपुर प्रशासनको आग्रह |

स्थानीय समाचार रचना बागमती प्रदेश २० श्रावण २०८३, बुधवार

स्टान मकवानपुरद्वारा कक्षा १० को विज्ञान तथा प्रविधि विषयको परियोजना कार्यपुस्तिका प्रकाशन

Nigarani Online

साउन २०, हेटौंडा

 विज्ञान शिक्षक समाज (स्टान) मकवानपुरद्वारा कक्षा १० का विद्यार्थीहरूका लागि विज्ञान तथा प्रविधि विषयको परियोजना तथा प्रयोगात्मक कार्य सरल र प्रभावकारी ढंगले गराउने उद्देश्यले इन्नोभेटिभ साइन्स एन्ड टेक्नोलोजी प्राक्टिकल एन्ड प्रोजेक्ट वर्क बुक सार्वजनिक गरिएको छ ।

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय स्टान मकवानपुरका सदस्यहरूको मेहनत र अनुभवलाई समेटेर तयार गरिएको यस पुस्तकले परियोजना कार्यलाई सरल, व्यवस्थित र व्यवहारिक बनाउने लक्ष्य राखेको छ ।

भरत पोखरेल र सुवास खनालद्वारा लिखित उक्त पुस्तकमा माध्यमिक तह कक्षा १० को पाठ्यक्रमअनुसार आवश्यक प्रयोगात्मक कार्य तथा परियोजनाहरू स्पष्ट निर्देशनसहित प्रस्तुत गरिएको छ । पुस्तकमा ३२ वटा उदाहरण र २२ वटा अभ्यास समेटिएका छन् ।  पुस्तकभित्रै चित्र बनाउन र लेख्न मिल्ने व्यवस्था भएकाले यसले विद्यार्थीलाई आत्मनिर्भर रूपमा कार्य गर्न सहयोग गर्ने तथा शिक्षकलाई पनि कक्षामा प्रभावकारी रूपमा प्रयोग गर्न सहज हुने  लेखक भरत पोखरेलले बताउनुभयो । 

स्टान मकवानपुरको सहकार्यमा प्रसिद्धि बुक हाउसद्वारा प्रकाशित उक्त कार्यपुस्तिका विद्यार्थी तथा शिक्षक दुवैका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। प्रकाशकका अनुसार पुस्तकको मूल्य रु. २३० निर्धारण गरिएको छ। साथै, कक्षा ८ र ९ का लागि पनि प्रयोगात्मक कार्यपुस्तिका तयारीको चरणमा रहेको जनाइएको छ ।

यो कार्यपुस्तिकाले विज्ञान  तथा प्रविधि शिक्षालाई अझ प्रयोगमुखी बनाउँदै विद्यार्थीको सिकाइ स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Bharat Pokhrel २० श्रावण २०८३, बुधवार

धेरै राम्रो समाचार छ है।

कृष्ण देव भण्डारी २० श्रावण २०८३, बुधवार

विज्ञान तथा प्रविधी विषयको लागि उपयोगी व्यबहारिक कार्यपुस्तिका। लेखकद्वय, सम्पादक मण्डल, सल्लाहकारहरू, र पुस्तक तयारी र प्रकाशनमा योगदान गर्नुहुने सम्पूर्ण शिक्षकगणलाई बधाई तथा सफलताको शुभकामना ।

सम्बन्धित समाचार