मुख्य समाचार
भानु जयन्ती कृषा थापा | हेटौंडामा जग्गाधनी दर्ता प्रमाणपूर्जामा भूउपयोग क्षेत्रको व्यहोरा अद्यावधिक हुने | श्रावण ९ र १० गतेको बिदामा पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने | हेटौंडाका मासु व्यवसायीलाई प्रशासनको कडा निर्देशन | आधुनिक महिला जागृति सहकारीको कुल सम्पत्ति ८ करोड २ लाख | हेटौंडाका ४ मासु पसललाई ६ लाख जरिवाना | सिन्धुसमाज मकवानपुरको जिल्ला सम्पर्क कार्यालय स्थापना | कम्मरको नसा च्यापिएका बिरामीको सुईमार्फत सफल उपचार | अन्ततः हामी एउटै चौतारीमा भेट्नैपर्छ’ : कांग्रेस नेता भण्डारी | कक्षा १२ को मौका परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न, सहयोगी निकायप्रति कार्यालयको आभार |

स्थानीय समाचार बागमती प्रदेश ८ श्रावण २०८३, शुक्रबार

हेटौंडाका ४ मासु पसललाई ६ लाख जरिवाना

Nigarani Online

 जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा–१ र २ मा सञ्चालित मासु पसलहरूको अनुगमन गर्दै ४ वटा पसललाई कुल ६ लाख रुपैयाँ जरिवाना गरेको छ।

प्रशासनको टोलीले गरेको अनुगमनका क्रममा समयमै करचुक्ता नगरेको, सरसफाइमा कमजोरी र मासु फ्रिजिङ प्रक्रिया अव्यवस्थित भेटिएपछि कारबाही गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।*न्यौपाने मासु पसललाई: २ लाख रुपैयाँ ,ओम् फ्रेस मिट सप*: २ लाख रुपैयाँ, क्वालिटी मिट सप १ लाख रुपैयाँ  र सलाम मिट सपलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै अनुगमनका क्रममा नियम उल्लंघन नभए पनि सरसफाइमा सुधार गर्नुपर्ने देखिएपछि *विकी मिट सप* र *प्रतीक मिट सप* लाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्यवस्तुको कारोबारमा मापदण्ड पालना नगर्ने व्यवसायीलाई कडा कारबाही गरिने र नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

उपभोक्ताले म्याद नाघेको, अस्वच्छ र फ्रिजिङ मापदण्ड नपुगेको मासु किनबेच गरेको पाइएमा प्रशासनलाई खबर गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार